३ सय ५० जनाको आँखा परीक्षण

आदर्श समाज सम्वाददाता
मंसिर २९, २०७६
eye camp

पोखरा, २९ मंसिर । स्याङजाको अर्जुनचौपारी गाउँपालिका– १ मा स्थित पञ्चकन्या क्याम्पसमा गरिएको शिविरमा ३ सय ५० जनाको आँखा परीक्षण गरिएको थियो । आँखा परीक्षण गर्न स्याङजा जिल्ला अस्पताल तथा हिमालय आँखा अस्पताल पोखराबाट चिकित्सक सहित ६ जनाको प्राविधिक टोली सहभागी थियो ।

उक्त आँखा शिविर लायन्स क्लब अफ पोखरा फेवा वेगनास चौतारीले गरेको छ । आँखा परीक्षणका क्रममा २२ जना मोतियाविन्दूका विरामी भेटिएका थिए । मोतियाविन्दू भएकाको निःशुल्क शल्यक्रिया गरिने क्लबका अध्यक्ष टंक ढकालले बताए ।अर्जुनचौपारी गाउँपालिकाका अध्यक्ष दीर्घनारायण अर्यालले शिविरको उद्घाटन गर्दै पोखरादेखि गाउँपालिकासम्म आएर शिविर सञ्चालन गर्ने क्लवप्रति आभार प्रकट गरे । साथै उनले आफ्नो गाउँपालिकामा सबै रोगको एकीकृत शिविरको आवश्यकता रहेको औल्याए ।

क्लबका अध्यक्ष टंक ढकालको अध्यक्षतामा सम्पन्न शिविरमा गाउँपालिका उपप्रमुख चिनमाया गुरुङ, निमित्त कार्यकारी प्रमुख ख्यामनारायण काफ्ले, लायन्स क्लब अफ पोखरा फेवा वेगनास चौतारीका संस्थापक अध्यक्ष सन्तोष घिमिरे, लायन्स क्लब अफ डिष्ट्रिक ३२५ बि वानका कमिटीका चियर पर्सन अध्यक्ष रजनी बराल, वडा नम्बर १ का वडाध्यक्ष चित्रबहादुर विष्ट, लायन्स क्लब अफ विरौटा साझा चौतारीका अध्यक्ष सावित्रा पौडेल, पञ्चकोशी माविका प्रधानध्यापक विष्णु तिवारीले आँखा शिविरको महत्वको बारेमा आफ्ना भनाई राखेका थिए । आयोजक क्लबका प्रथम उपाध्यक्ष शंकर पाण्डेले सञ्चालन कार्यक्रम संचालन र स्वागत द्धितीय उपाध्यक्ष महेश्वर रिमाल र ध्वजाको बन्धना चित्र गुरुङले गरेका थिए ।

Related News

सम्बन्धित समाचार

hero news full width