पोखरा बहुमुखी क्याम्पसको अध्यक्षमा लालचन

आदर्श समाज सम्वाददाता
मंसिर २८, २०७६
111

पोखरा, २८ मंसिर । पोखरा महानगरपालिका–९ नयाँबजारस्थित पोखरा बहुमुखी क्याम्पस संचालन समितिको अध्यक्षमा नरेन्द्र लालचन निर्वाचित भएका छन् ।

शनिबार भएको अधिवेशनमा संचालक समितिको अध्यक्षका लागि २ जनाले उम्मदेवारी दिएपछि निर्वाचन भएको थियो । अध्यक्षमा लालचन र जगत केसीले उम्मेदवारी दिएका थिए । मतदानमा लालचनले ६४ मत पाएका थिए । केसीले १९ मत पाए । ४ मत बदर भएको थियो । जम्मा ८७ मत खसेको थियो । क्याम्पसका संरक्षक, विशिष्ट आजीवन र आजीवन सदस्यहरुले मतदान गरेको सहायक क्याम्पस प्रमुख अनुपमणि अधिकारीले बताए ।

अधिवेशनले आगामि ३ वर्षका लागि लालचन नेतृत्वमा ६ सदस्यीय नयाँ संचालक समिति चयन गरेको छ । यो पोखराकै पुरानो सामुदायिक क्याम्पस हो ।

अधिवेशनले अरु ५ जना सदस्य निर्विरोध चयन गरेको छ । संरक्षण सदस्यमा भीम गौतम, महिला सदस्यमा कुमारी मुना बाँस्तोला चुनिएकी छिन् । त्यस्तै सुजन पराजुली, रवीन्द्र माकाजु र शंकर गुरुङ पनि सदस्यमा चुनिएका छन् । निर्वाचित सदस्यहरुमध्येबाट उपाध्यक्ष र कोषाध्यक्ष मनोनित हुनेछन् ।

निर्वाचित भएपछि अध्यक्ष लालचनले सामुदायिक क्याम्पसलाई सुविधासम्पन्न बनाउँदै शैक्षिक गुणस्तर बढाउन सक्दो मेहनत गर्ने बताए । सामुदायिक क्याम्पसलाई समुदायको मायाको खाँचो रहेको उनले बताए । क्याम्पसमा अहिले स्नातक तहमा अध्ययन हुन्छ ।

Related News

सम्बन्धित समाचार

hero news full width