आफ्नै सिर्जनामा पोखरेली संगीतकर्मी

आदर्श समाज सम्वाददाता
मंसिर २८, २०७६
20191214_091415 (4)

कार्यक्रममा गीत प्रस्तुत गर्दै हालै भाइरल बनेका स्याङजाका बाल कलाकार प्रिन्स लम्साल । तस्वीर–आदर्श समाज

पोखरा, २८ मंसिर । पोखरा थिएटर (गन्धर्व नाटकघर) र कला क्याफेको आयोजनामा शनिवार पोखरामा ‘आफ्नै सिर्जनामा पोखरेली संगीतकर्मी’ कार्यक्रम सम्पन्न भयो ।

त्यस अवसरमा नयाँ र पुराना गरी १४ जना कलाकारहरुले गीत गाएका थिए । कार्यक्रमको उद्घाटन गर्दै स्वतन्त्र पत्रकार संघ नेपालका संस्थापक अध्यक्ष कष्णप्रसाद वास्तोलाले निरन्तर साधनाले प्रतिभा परिस्कृत बन्दै जाने बताए ।

कलाकारहरुलाई सफलताको शुभकामना व्यक्त गर्दै उनले भने–पोखरा प्रकृतिले मात्र होइन, संस्कृतिले पनि धनी छ । संगीत क्षेत्रमा पोखरेलीहरुले उल्लेखनीय योगदान दिएका छन् । यसैगरी कार्यक्रममा संगीतकार नवराज बराल, नाटक निर्देशक चे शङ्कर, प्रसिद्ध बाध्यवाधक अर्जुन चैनपुरेल शुभकामना मन्तव्य राखे ।

कार्यक्रममा गीत प्रस्तुत गर्नेहरुमा प्रिन्स लम्साल, कमला अर्याल, जय चापागाइँ, देवेन्द्र ढकाल, उमेश राई, गोमा घिमिरे, सन्तोष पराजुली, संगीता गायक, रुपेश भण्डारी, किशोर सुवेदी, विक्कीराम भट्ट, टीना गुरुङ, नवराज बराल र रोम तामाङ रहेका थिए । वाद्यवादन तर्फ हारमोनियममा नबराज बराल, मादलमा देवेन्द्र ढकाल, टेम्पोरियममा सुदीक्षा , तवलामा मिलन गिरी, र जिन्वेमा जय चापागाइँले सहयोग पुर्याएका थिए ।

संगीत प्रशिक्षण केन्द्र पोखराका भोकल प्रशिक्षक रोम तामाङको अध्यक्षतामा भएको उक्त कार्यक्रममा पाेखरा  थिएटरका संस्थापक कलाकार दिल गुरुङले स्वागत मन्तब्य राखेका थिए । कार्यक्रमको संचालन कलाकार मिलन गिरीले गरेको थिए ।

Related News

सम्बन्धित समाचार

hero news full width