होटल संघको अभिमुखिकरण

आदर्श समाज सम्वाददाता
मंसिर २८, २०७६
Hotel Sangh

पोखरा, २७ मंसिर । पश्चिमाञ्चल होटल संघ पोखराको आयोजनामा शुक्रबार व्यवस्थापन तथा उद्यमशिलतासम्बन्धी तालिम सम्पन्न भएको छ ।

बदलिँदो परिवेश अनुसार होटलका संचालकलाई ज्ञान तथा सीप प्रदान गर्न यसप्रकारको तालिम संचालन गरिएको संघ अध्यक्ष विकल तुलाचनले जानकारी दिए । तालिममा ५० जना होटलकर्मीहरुको सहभागिता रहेको संघको कार्यसमितिका सदस्य एवं तालिमका संयोजक नेत्रप्रसाद पौडेलले जानकारी दिए । कार्यक्रमको प्रवद्र्धन नेपाल पर्यटन बोर्डले गरेको थियो ।

विगत वर्षहरुबाट नै संघले आफ्ना सदस्य, पदाधिकारी तथा कर्मचारीहरुका लागि लेखा, प्रविधि तथा व्यवस्थापनसम्बन्धी तालिम प्रदान गर्दै आएको छ । होटल संचालकको माग र संघको आफ्नै योजना अनुसार यो पटक उद्यमशीलतासम्बन्धी अभिमुखीकरण तालिम संचालन गरिएको संघका महासचिव गणेशराज पहारीले जानकारी दिए ।

Related News

सम्बन्धित समाचार

hero news full width