कावासोतीमा बस पल्टियो सेनाका १७ जना घाइते

आदर्श समाज सम्वाददाता
मंसिर २८, २०७६
bus acc2

नवलपरासी, २८ मंसिर । पूर्वी नवलपरासीको पुरानो कावासोती बजारमा नेपाली सेना बोकेको बस दुर्घटना हुँदा १७ जना घाइते भएका छन् ।सुर्खेतबाट काठमाडौं जाँदै गरेको नेपाली सेनाको टोली बोकेको ना ६ ख ४०४ नम्बरको बस शनिबार विहान ३ बजेतिर दुर्घटनामा परेको हो ।

बस अनियन्त्रित भई सडकबाट तल खसेको जनाइएको छ । बस दुर्घटनामा परी १७ जना नेपाली सेनाका जवान घाइते भएकोमा २ जनाको अवस्था गम्भीर रहेको जनाइएको छ । घाइतेहरुको मध्यविन्दु जिल्ला अस्पताल र कालीगण्डकी अस्पतालमा उपचार भएको छ ।

गम्भीर घाइते प्रेमबहादुर खत्री र विरेन्द्र शाहीको थप उपचारका लागि चितवन पठाइएको छ ।नेपाली सेनामा भर्ना छनौटबाट छनौट भएर तालिमका लागि टोलीलाई काठमाडौं लैजाँदै गर्दा बस दुर्घटनामा परेको हो । ३ वटा बससँगै रहेकोमा एउटा बस दुर्घटनामा परेको हो । बसमा ४० जना सवार थिए ।

Related News

सम्बन्धित समाचार

hero news full width