धनुषामा बम बिस्फोट ३ को मृत्यु ३ घाइते

आदर्श समाज सम्वाददाता
मंसिर २८, २०७६
bomb-blast-

जनकपुरधाम, २८ मंसिर । घनुषाको महेन्द्रनगर बजार नजिकै आइतबार राति शक्तिशाली बम बिस्फोट हुँदा ३ जनाको ज्यान गएको छ ।

छिरेश्वरनाथ नगरपालिका–५ महेन्द्रनगर बजार नजिकै भएको बम बिस्फोटबाट बम विष्फोट प्रहरी निरीक्षक (इन्स्पेक्टर) अमिर कुमार दाहाल, राजेश साह र उनका छोराको मृत्यु भएको प्रहरीले जानकारी दिएको छ ।

बजारको उत्तरपूर्वतर्फ कुचाइ टोलमा राजेश साहको घर बाहिर पोलमा राखिएको बम गएराति विष्फोट हुँदा राजेश र उनको छोरा आनन्दको घटनास्थलमै मृत्यु भएको थियो । भने घाइते प्रहरी निरीक्षक अमिर कुमार दाहलको उपचारका क्रममा शनिबार विहान ६.४५ बजे मृत्यु भएको हो । दाहालको कोखमा छर्रा लागेर गम्भीर घाइते भएका थिए ।

राजेश साहको घर बाहिरको पोलमा शंकास्पद वस्तु रहेको जानकारी पाएपछि इलाका प्रहरी कार्यालय महेन्द्रनगरबाट प्रहरी निरीक्षक अमिर कुमार दाहाल नेतृत्वको टोली खटिएको थियो । त्यहाँ जम्मा भएको भिडभाड हटाउँदै गर्दा बम विष्फोट भएको थियो ।

घटनामा घाइते भएकी राजेश साहकी छोरी अञ्जली, छोरा प्रकाश र प्रहरी जवान रिजनाथ कुमार महतोको उपचार भइरहेको छ । बम विष्फोट कसले गरायो भन्ने खुलेको छैन । घटनाका बारेमा प्रहरीले अनुसन्धान शुरु गरेको छ ।

Related News

सम्बन्धित समाचार

hero news full width