गरिमा बैंकको तेह्रौं वार्षिक साधारणसभा

आदर्श समाज सम्वाददाता
मंसिर २७, २०७६
Garima Bank AGM photo

पोखरा, २७ मंसिर । गरिमा विकास बैंक लिमिटेडको तेह्रौं वार्षिक साधारणसभा शुक्रवार पोखरामा सम्पन्न भएको छ । उक्त साधारणसभाले शेयरधनीहरुलाई १६.१५ प्रतिशत बोनश शेयर र कर प्रयोजनार्थ ०.८५ प्रतिशत नगद लाभांश वितरण गर्ने प्रश्ताव पारित गरेको छ ।

साधारणसभाले मर्जर तथा एक्वीजीसन सम्बन्धी सम्पूर्ण कार्य गर्नका लागि सञ्चालक समितिलाई अख्तियारी प्रदान समेत गरेको छ । साथै, उक्त साधारणसभाबाट विकास बैंकको अधिकृत पुँजी बृद्धि गरी ५ अर्ब बनाउने प्रश्ताव समेत पारित भएको बैंकका प्रमुख कार्यकारी अधिकृत गोविन्दप्रसाद ढकालले बताए ।

हाल २ अर्ब ७८ करोड ८३ लाख ६८ हजार रुपैंया चुक्ता पुँजी रहेको विकास बैंकको साधारणसभाबाट पारित १६.१५ प्रतिशत बोनश शेयर वितरणपश्चात चुक्ता पुंजी ३ अर्ब २३ करोड ८६ लाख ८९ हजार पुगेको छ ।
काठमाण्डौंको लाजिम्पाटमा केन्द्रीय कार्यालय रहेको विकास बैंकका हाल देशभर ९० शाखा कार्यालय सञ्चालनमा रहेका छन । विकास बैंकको २०७६ मंसिर २६ गतेसम्म ३६ अर्ब ५० करोड निक्षेप संकलन गरी करिब ३२ अर्ब ५० करोड कर्जा प्रवाह गरेको छ ।

Related News

सम्बन्धित समाचार

hero news full width

Recent Posts

भर्खरै