स्याङ्जाको अर्जुनचौपारीमा आईटी ल्याव

आदर्श समाज सम्वाददाता
मंसिर २७, २०७६
PC120083

स्याङ्जा, २७ मंसिर । स्याङ्जाको अर्जुनचौपारी गाउँपालिका बडा नं २ स्थित अमरज्योति माविमा आईटी ल्याव संचालनमा ल्याइएको छ ।

आपसी सहयोग स्याङ्जा नेपालले र त्रिकोण डेनमार्कको सहयोगमा विद्यालयमा आईटी ल्याव स्थापनार्थ कम्प्युटर हस्तान्तरण गरिएको बताइएको छ । अमर ज्योति मावि लामडाँडामा शुक्रवार एक कार्यक्रमका बीच १० थान ल्यावटप कम्प्युटर प्रदान गरिएको हो ।

संस्थाले दुर्गममा रहेका सामुदायिक विद्यालयलाई प्राविधिमैन्त्री बनाई गुणस्तरीय शिक्षा प्रदान गरी शिक्षाका नाममा हुने गरेको बसाईसराईलाई समेत निरुत्साहित गर्ने उद्देश्यका साथ सो आईटी ल्याव संचालनमा ल्याइएको संस्थाका अध्यक्ष रुकुमदत्त शर्माले जानकारी दिए ।

आईटी ल्याव हस्तान्तरण कार्यक्रममा बोल्दै प्रमूख अतिथि अर्जुनचौपारी गाउँपालिकाका अध्यक्ष दीर्घनारायण अर्यालले आस्क नेपाल र ट्रेङ्गल डेनमार्क तथा स्काउटको सामाजिक भावनाको सहयोग अतुलनीय रहेको र यसलाई गाउँपालिकाले प्रभावकारी सञ्चालनका लागि कुनै कसर बाँकी नराख्ने बताए ।

कार्यक्रममा त्रिकोण भोलेन्टियर मिटी तथा जेम्स, अर्जुनचौपारी गाँउपालिका शिक्षा शाखा प्रमुख ख्यामनारायण काफ्ले वडा नं २ का वडाअध्यक्ष क्याप्टेन लालबहादुर गुरुङ् आस्क नेपालका कार्यक्रम प्रमुख हरिप्रसाद ढकाल, प्राविधिक अधिकृत रविन पौडेल लगायतले अबको युगमा प्रविधिमैन्त्री शिक्षा र भविष्यमा यसले पार्ने प्रभावबारे औलाएका थिए । विद्यालय व्यबस्थापन समितिका अध्यक्ष गंगाबहादुर गुरुङको अध्यक्षतामा सम्पन्न उक्त कार्यक्रममा स्वागत प्रधानाध्यापक चक्रबन्धु रेग्मी र सञ्चालन शिक्षक गंगा बहादुर गुरुङ्ले गरेका थिए ।

Related News

सम्बन्धित समाचार

hero news full width