पोखरामा आकाशे पुलको सिलन्यास

Avatar आदर्श समाज सम्वाददाता
मंसिर २७, २०७६

पोखरा,२७ मंसिर । पोखरा–८ सिर्जनाचोक निर्माण गर्न लागिएको आकाशे पुलको शुक्रवार बिहान सिलन्यास गरिएको छ । उक्त आकाशे पुलको गण्डकी प्रदेशका मुख्यमन्त्री पृथ्वीसुब्बा गुरुङ र पोखरा महानगर पालिकाका मेयर मानबहादुर जिसीले संयुक्त रुपमा सिलन्यास गरेका हुन् ।

सिलन्यास कार्यक्रममा बोल्दै मुख्यमन्त्री गुरुङले आकाशे पुल गुणस्तरीय र टिकाउ हुनु पर्नेमा जोड दिए । बढ्दो सवारी साधन र चापलाई मध्यनजर गर्दै सडकहरु ४ लेनको बनाउने उद्देश्यका साथ प्रदेश सरकार अगाडि वढेको र सोही अनुसार आकाशे पुलको नापनक्सा बनाउन समेत उनले प्राविधिकलाई सुझाव दिएका छन् ।

वढ्दो शहरीकरणले १० वर्ष पछि पोखरामा काठमाण्डौ जस्तै घनावस्ती, सवारी चाप र प्रदुषण हुने हुँदा फराकिला सडक निर्माणमा महानगरले समयमै ध्यान दिन जरुरी छ, मुख्यमन्त्री गुरुङले भने–सवारी व्यवस्थापनका लागि लेखनाथ क्षेत्रमा एक र पोखरा क्षेत्रमा ३ स्थानमा पार्किङको लागि जग्गा छुट्याउन आवश्यक भएको औल्याए ।

सोही अवसरमा वोल्दै पोखरा महानगरपालिकाका प्रमुख मानबहादुर जिसीले पोखरालाइृ स्माट सिटीको रुपमा विकास गर्न महानगरपालिकाबाट विनियोजित २ करोड रुपैयाँ र दिवंगत पूर्वमन्त्री रवीन्द्र अधिकारीले संसदीय कोषबाट विनियोजन गरेको ५० लाख रुपैयाँ गरी २ करोड ५४ लाख ४२ हजार रुपैयाँको लागतमा आकाशे पुल निर्माण गर्न लागिएको जानकारी दिए । गत जेठ महिनामा के.एम÷जे.बि.एन.एस. पोखरा जे.भि. पोखरा–१७ ले उक्त पुलको ठेक्का पाएको छ । १५ महिना भित्र पुल निर्माण गरिसक्नु पर्ने छ ।

उक्त आकाशे पुलको निर्माण कार्य आगामी श्रावण मसान्तभित्र सम्पन्न गर्नेगरी ठेकेदार कम्पनीसँग सम्झौता भएको जानकारी मेयर जिसीले दिए । उनका अनुसार उक्त कम्पनीसँग कुल २ करोड, ३० लाख ११ हजारमा सम्झौता भएको जिसीले बताए । उक्त पुल ‘स्टील ट्रस पेडेस्ट्रेन ओभरहेड ब्रीज’ रहेको छ ।

तपाइको विचार व्यक्त गर्नुहोस्

हाम्रो सुझाव

परोपकार महासंघमा कमलनयन

एक्याप खारेजीको माग

प्रमुख समाचार

सत्य निरुपण र बेपत्ता आयोगका पदाधिकारीको नाम सिफारिस