मोबाइल पत्रकारिता तालिम शुरु

रासस
मंसिर २७, २०७६
OnlineBanking-Mobile-Hero-Retina_640x219

चितवन, २७ मंसिर । नेपाल पत्रकार महासङ्घ चितवन शाखाले शुक्रवारदेखि यहाँ दुईदिने मोबाइल पत्रकारिता तालिम शुरु गरेको छ । महासङ्घले आफ्नै आन्तरिक स्रोतबाट तालिमको आयोजना गरेको हो ।

तालिमको उद्घाटन गर्दै महासङ्घका जिल्ला अध्यक्ष राधेश्याम खतिवडाले पत्रकारितामा नयाँ प्रयोग गर्न यसखालका तालिम आयोजना गरिएको जानकारी दिए । मोबाइललाई अधिकतम प्रयोग गरी सहज रुपमा

समाचार लेखन र सम्पादन गर्न तालिम उपयोगी हुनेछ । तस्वीर र भिडियो खिच्न एवं अडियो रेकर्डमा मोबाइलको प्रयोग कसरी गर्ने भन्ने विषयमा तालिम केन्द्रित हुने खतिवडाले बताए ।
तालिमको प्रशिक्षकका रुपमा खोज पत्रकारिता केन्द्रका रामु सापकोटा रहेका छन् । तालिममा जिल्लाका ३२ जना पत्रकार सहभागी छन् ।

Related News

सम्बन्धित समाचार

hero news full width