युआरएल अध्यक्षमा सुशील

आदर्श समाज सम्वाददाता
मंसिर २७, २०७६
sushil url_Fotor

गण्डकी प्रदेशको पहिलो रेफरेन्स ल्याब युनाइटेड रेफरेन्स ल्याब (युआरएल)को दोस्रो अधिवेशन तथा छैटांै साधारणसभाले सुशील थापालाई अध्यक्ष निर्वाचित गरेको छ।

अधिवेशनले प्रबन्ध निदेर्शक र निदेर्शकमा क्रमशः ठाकुरप्रसाद पन्त र दिनेशबाबु खड्कालाई निरन्तरता दिएको छ।

युआरएलले ६ वर्ष अवधिमा तनहुँको दुलेगौडा र दमौलीमा शाखा विस्तार गरिसकेको छ।

अध्यक्ष थापाले नाफाभन्दा बढी सेवामा केन्द्रित भई सर्वसाधारणमा चेतना बढाउन र शिविरमार्फत् शुलभ तवरले सेवा दिन संस्था सफल भएको बताए। उनले गण्डकी प्रदेशका अन्य जिल्लामा पनि सेवा विस्तार गर्दै प्रदेशलाई रक्त परीक्षणमा आत्मनिर्भर बनाउन लाग्ने प्रण गरे। युआरएलले ३ सय ६६ संघ संस्थासँग सहकार्य गरी ७८ वटा शिविर गरिसकेको जनाइएको छ। हालसम्म अढाइ लाखलाई सेवा दिएको युआरएलले ५८ हजारलाई सित्तैमा सेवा दिएको छ। ४४ संस्थाले युआरएलसँग सम्झौता गरी सेवामा सहुलियत पाइरहेको प्रबन्ध निदेर्शक पन्तले बताए।

Related News

सम्बन्धित समाचार

hero news full width