जिल्ला प्रहरीको नयाँ भवन बन्दै

आदर्श समाज सम्वाददाता
मंसिर २७, २०७६
Ssilanayash_Fotor

जिल्ला प्रहरी कार्यालयले हिरासत कक्ष, ब्यारेक र मेस सहितको १२ कोठे पक्की भवन निर्माण गर्ने भएको छ। कुल ६ रोपनी जग्गामा करीब ३ करोड ४६ लाख रुपैयाँ लागतमा भवन निर्माण गर्न लागिएको हो।

भवन शिलान्यास गर्दै गण्डकी प्रदेशका प्रहरी नायव महानिरीक्षक विनोद घिमिरेले मुलुकको शान्ति सुरक्षाका लागि नेपाल प्रहरी अहोरात्र खटेको बताए।

उनले प्रहरी जनताको जीउधन, हकहित र अधिकारको पक्षमा कत्तिपनि विचलित हुन नहुने उल्लेख गरे। प्रहरी सुसभ्य र सुसंस्कृत समाज निर्माणका लागि आत्मानुशासन र बर्दीको मर्यादा आत्मसात गर्दै सदैव राष्ट्रप्रति बफादार रहनुपर्ने उनको भनाइ छ। उनले सडक दुर्घटना न्यूनीकरणका लागि चालकले सडकको संरचनालाई मध्यनजर राखेर सवारी गरे दुर्घटना कमी हुने बताए।

जिल्ला प्रहरी कार्यालय तनहुँका प्रहरी प्रमुख विनोद सिलवालले १ वर्षभित्र पक्की भवन निर्माण भैसक्ने बताए।

Related News

सम्बन्धित समाचार

hero news full width