व्यापार मेला तयारी

आदर्श समाज सम्वाददाता
मंसिर २७, २०७६
Mela-2076_20191112123341_Fotor

पोखराको नयाँबजारमा पुस १८ देखि २८ गतेसम्म हुने ‘राष्ट्रिय औद्योगिक व्यापार मेला’ को तयारी तीव्र पारिएको छ।

राष्ट्रिय औद्योगिक व्यापार मेला, मूल आयोजक समिति र पोखरा उद्योग वाणिज्य संघको आयोजनामा हुने उक्त मेलामा स्थानीय कृषिजन्य उत्पादन, हस्तकलाका वस्तु, सूचना प्रविधि, दैनिक घरायसी सरसामान, लत्ता कपडा, श्रृङ्गारका सामग्रीलगायत प्रदर्शन गरिने बिहीबार काठमाडौंमा पत्रकार सम्मेलन गरी जनाइयो।

नेपाल उद्योग वाणिज्य महासंघका उपाध्यक्ष उमेशलाल श्रेष्ठले पर्यटन उद्योगका लागि धेरै सम्भावना रहेको पोखरामा आउने पर्यटकलाई स्थानीय उत्पादन तथा संस्कृतिकाबारे जानकारी गराउन मेला महत्वपूर्ण हुने बताए।

मेला आयोजक समितिका अध्यक्ष दिलसुन्दर श्रेष्ठले विभिन्न २८ उपसमिति गठन गरी मेलाको तयारीमा लागेको जानकारी दिँदै भ्रमण वर्षमा स्थानीय उत्पादनको प्रवद्र्धनका साथै पर्यटकीय नयाँ गन्तव्यको खोजी गर्नका लागि मेला गर्न लागिएको बताए।

पोखरा उद्योग वाणिज्य संघ अध्यक्ष दामु अधिकारीले लोक नृत्य प्रतियोगिता, सांस्कृतिक कार्यक्रम समेत गरिने उक्त मेलामा ७० लाख खर्च गरिने बताए। उनका अनुसार मेलाबाट करीब ३० लाख बचत गरी नयाँ उद्यमशीलताको विकासका लागि खर्च गरिने छ।

Related News

सम्बन्धित समाचार

hero news full width