आस्था सहकारीको अवलोकन भ्रमण

आदर्श समाज सम्वाददाता
मंसिर २७, २०७६
sahakari_Fotor

पोखरा १, बगरस्थित आस्था बचत तथा ऋण सहकारी संस्थाको नियमित कार्यक्रमअन्तर्गत तेस्रो सहकारी अवलोकन भ्रमण सम्पन्न भएको छ।

नेपालमा रहेका विभिन्न सफल सहकारीको अवलोकन भ्रमण गरी असल अभ्यासको सिको गर्ने उद्देश्यले आयोजित तेस्रो सहकारी अवलोकन भ्रमण मंसिर १९ देखि २४ गतेसम्म आयोजना गरिएको थियो।

चितवनको विकु बचत तथा ऋण सहकारी तथा नेपालको पश्चिम क्षेत्रमा रहेका अन्य सहकारीहरुको अवलोकन गरिनुका साथै सहकारी शिक्षा समेत लिइएको भ्रमण कार्यदलका संयोजक नीलकण्ठ आचार्यले बताए। अवलोकन भ्रमणमा २७ जना सदस्यले सहभागिता जनाएका थिए।

यसै अवसरमा आस्था भ्रमण दलका सदस्यले नेपाल भ्रमण वर्ष २०२० को पूर्व सन्ध्यामा आन्तरिक पर्यटनलाई बढावा दिनका लागि नेपालकै सबैभन्दा ठूलो ताल, रारा ताल लगायत आसपासका क्षेत्रको समेत भ्रमण सम्पन्न गरेको थियो।

Related News

सम्बन्धित समाचार

hero news full width