टुरिष्ट रोडमा जोभनको सांगीतिक प्रस्तुति

आदर्श समाज सम्वाददाता
मंसिर २७, २०७६
79094695_500305180584639_2116289407903334400_n_Fotor

द भ्वाइस अफ नेपालका प्रतिस्पर्धी गायक जोभन भुजुले शुक्रबार द टुरिस्ट रोड रेस्टुरेण्ट एण्ड विस्ट्रोमा विशेष सांगीतिक प्रस्तुति राख्ने भएका छन्।

हल्लनचोकबाट करीब ३ किमी दुरीमा रहेको सो रेष्टुरेण्टमा भुजुले साँझ ६ देखि १० बजेसम्म नेपाली पुराना तथा नयाँ क्लासिक गीतहरु गाउने छन्।

युट्युबमा चर्चित रहेका गायक भुजुले पहिलो पटक पोखरामा प्रस्तुति दिन लागेका हुन्।

द टुरिष्ट रोड संचालक अर्जुन सुवेदीले ग्राहकलक्षित गर्दै प्रत्येक महिना सांगीतिक कार्यक्रम हुने बताए। उनले कार्यक्रमको दिन मेनुमा रहेका परिकार तथा पदार्थमा कुनै पनि अन्य शुल्क नजोडिने जानकारी दिए।

टुरिष्ट रोडमा करीब २ सय जना अट्ने क्षमता छ। उक्त दिन दर्शकलाई निःशुल्क प्रवेश व्यवस्था गरिएको सुवेदीले जानकारी दिए।

Related News

सम्बन्धित समाचार

  • सञ्जीवले ल्याए ‘जून ओर्लेको रात’

    आदर्श समाज सम्वाददाता चैत्र ११, २०८०
    पोखरा । कवि सञ्जीव पौडेलको कवितासंग्रह ‘जून ओर्लेको रात’ बजारमा आएको छ । शनिबार पोखरामा आयोजित दौंतरी कार्यक्रममा उक्त कृति…
  • ‘प्रिया !’ मुक्तक संग्रह लोकार्पण

    आदर्श समाज सम्वाददाता चैत्र ११, २०८०
    पोखरा । उपप्राध्यापक सुरज पौडेलद्वारा लिखित ‘प्रिया !’ मुक्तक संग्रह लोकार्पण गरिएको छ । सिर्जनशील लोकतान्त्रिक प्रतिष्ठान पोखरा आयोजनामा शनिबार…
  • फेवाताल किनारमा चित्ताकर्षक ओडिसी नृत्य

    आदर्श समाज सम्वाददाता चैत्र १०, २०८०
    पोखरा । नेपाल र भारतको समृद्ध सांस्कृतिक सम्पदा मनाउन पोखरामा शनिबार साँझ भारतीय शास्त्रीय ओडिसी नृत्य र नेपाली लोकनृत्य प्रस्तुत गर्दै…
  • कर्मचारी युनियन कास्कीको क्यालेन्डर

    आदर्श समाज सम्वाददाता चैत्र ९, २०८०
    पोखरा । नेपाल निजामती कर्मचारी युनियन कास्कीले विसं २०८१ को क्यालेन्डर निकालेको छ । शुक्रबार पोखरा आयोजित शुभकामना आदानप्रदान कार्यक्रममा…
  • जसुलाई रोटरी भोकेसनल एक्सिलेन्स अवार्ड

    आदर्श समाज सम्वाददाता चैत्र ५, २०८०
    पोखरा । पोखराकी जसु गुरुङ १ लाख राशिको रोटरी भोकेसनल एक्सिलेन्स अवार्डबाट सम्मानित भएकी छन् । महिलालाई सामाजिक सेवामा प्रोत्साहित…

hero news full width