पोखरामा जेपी क्रस बास्केटबल शुरु

प्रतियोगितामा छात्रतर्फ १६ र छात्रातर्फ १२ विद्यालयको सहभागिता छ

आदर्श समाज सम्वाददाता
मंसिर २६, २०७६
Col. JP Cross Basketball

पोखरा । पोखरामा १७ औं संस्करणको कर्णेल जेपी क्रस अन्तरविद्यालय छात्र–छात्रा बास्केटबल प्रतियोगिता शुरु भएको छ ।

पोखरा रंगशालास्थित बास्केटबल कोर्टमा बिहीबारदेखि शुरु प्रतियोगिताको उद्घाटन खेलमा छात्रतर्फ माउन्ट अन्नपूर्णले सरस्वती आदर्श विद्याश्रमलाई ४१–२५ ले हरायो ।

बिहीबार छात्रतर्फ ४ खेल र छात्रातर्फ २ खेलहरु भएका छन् । छात्रतर्फकै अन्य खेलहरुमा भद्रकालीले नेपाल आदर्शमाथि ४३–८ को फरक स्कोरमा जित निकाल्यो । त्यस्तै, टप्सले पनि हिलपोइन्टलाई ४७–२३ को बिशाल स्कोरले हरायो ।

प्रतियोगिता अन्तर्गत छात्रातर्फको खेलमा बालकल्याणले प्यारामाउन्टमाथि ४२–३३ अंकको जित निकाल्यो । सरस्वती आदर्श विद्याश्रमले प्यारामाउन्टमाथि नै १६–४ को फरक अंकले हरायो । त्यस्तै, लिटिल स्टेपले न्यू ग्यालेक्सीलाई १२–९ पराजित ग¥यो ।

प्रतियोगितामा छात्रतर्फ १६ र छात्रातर्फ १२ विद्यालयको सहभागिता रहेको कास्की जिल्ला बास्केटबल संघका अध्यक्ष ध्वजकुमार गुरुङले जानकारी दिए ।

गुरुङका अनुसार प्रतियोगिताको छात्रछात्रा दुबैतर्फको विजेताले १२ हजार, उपविजेताले ८ हजार र तृतीय हुने टिमले ५ हजारसहित ट्रफी, मेडल र प्रमाणपत्र पाउनेछन् ।

प्रतियोगिताको बेस्ट प्लेयर र हाइस्कोररलाई विशेष पुरस्कार रहेको गुरुङले बताए ।

प्रतियोगितामा खेलाडीको तर्फबाट बालोदयका छात्र सुमित गुरुङ र टप्सकी मनमाया डगौराले खेलाडीका तर्फबाट सपथ लिएका थिए । त्यस्तै, बास्केटबलका राष्ट्रिय रेफ्री रामबहादुर क्षत्रीले अफिसियलका तर्फबाट सपथ लिएका थिए ।

यसअघि, समाजसेवी कर्णेल जेपी क्रसले मुख्य रेफ्रीलाई बल हस्तान्तरण गरेर प्रतियोगिताको उद्घाटन गरे । कर्णेल जेपी क्रस प्रतियोगिताका संरक्षक तथा मुख्य प्रायोजक समेत हुन् ।

कार्यक्रममा नेपाल ओलम्पिक कमिटीका बरिष्ठ उपाध्यक्ष तेजबहादुर गुरुङले बोल्दै उपाधिसँगै खेलप्रेमीहरुको मन जित्न खेलाडीसमक्ष आग्रह गरे । विद्यार्थीहरुले खेलसँगै विद्यालयमा उत्कृष्ठ अंक हासिनल गर्नुपर्नेमा जोड दिए ।

Related News

सम्बन्धित समाचार

  • तनहुँको फ्रेन्डसीप क्लबलाई फुटबल उपाधि

    आदर्श समाज सम्वाददाता वैशाख ७, २०८१
    लमजुङ । ‘सुखी गाउँ’ घलेगाउँमा नयाँ वर्ष अवसरमा सञ्चालित सातौं स्मार्ट भिलेज गोल्ड फुटबल कप उपाधि तनहुँको फ्रेन्डसीप क्लबले जितेको…
  • लेखनाथ हाफ म्याराथनमा आर्मीका सञ्जय च्याम्पियन

    आदर्श समाज सम्वाददाता वैशाख २, २०८१
    पोखरा । त्रिभुवन आर्मी क्लबका सञ्जय श्रेष्ठले दोस्रो संस्करणको लेखनाथ हाफ म्याराथनको उपाधि जितेका छन् । पोखरा महानगरपालिका खेलकुद विकास…
  • वडा ४ ले जित्यो अध्यक्ष कप फुटबल

    आदर्श समाज सम्वाददाता वैशाख १, २०८१
    लमजुङ । क्ब्होलासोथार गाउँपालिकाद्वारा सञ्चालित प्रथम अध्यक्ष कप खेलकुद प्रतियोगिताको उपाधि पुरूषतर्फ वडा ४ ले हात पारेको छ । गाउँपालिकाको…
  • ढोलाहिटीलाई फुटबल उपाधि

    आदर्श समाज सम्वाददाता चैत्र ३०, २०८०
    पोखरा । ढोलाहिटी फ्रिडमले दोस्रो एबिसी फोर्टी फाइभ प्लस एट ए साइड भेट्रान्स फुटबल प्रतियोगिताको उपाधि रक्षा गरेको छ ।…
  • बुद्ध विशालको फुटसल प्रतियोगिता

    आदर्श समाज सम्वाददाता चैत्र २७, २०८०
    पोखरा । बुद्ध विशाल बजार व्यापारिक एसोसिएसन पोखराले आफ्ना व्यवसायीबीच सातौं आन्तरिक फुटसल प्रतियोगितामा राजेश खाँडको समूह विजयी भयो ।…

hero news full width