टिपर दुर्घटनामा दुईको मृत्यु

rss रासस
मंसिर २६, २०७६

सिमकोट, २६ मंसिर । हिल्सादेखि याल्वाङ्ग आउँदै गरेको टिपर तुम्कोट भिरमा दुर्घटनामा परेको छ । हुम्लाको उत्तरी नाम्खा गाउँपालिका–५ तुम्कोट भिरमा बा ५ ख ५३८४ नम्बरको टिपर दुर्घटना हुँदा २ को घटनास्थलमै मृत्यु भएको छ ।

हिल्सादेखि याल्वाङ्ग आउँदै गरेको टिपरमा चालकसहित ४ जना सवारमध्ये २ जनाको घटनास्थलमा मृत्युभएको र दुई जना घाइते भएका जिल्ला प्रहरी कार्यालयका निमित्त कार्यालय प्रमुख राजेन्द्रबहादुर सिंहले बताए ।

दुर्घटनास्थलमा प्रहरी टोली पुगिसकेकाले मृत्यु हुनेको र घाइतेसहित चालकको नाम सोधपुछ गर्ने काम भइरहेको उनले जानकारी दिए । उत्तरी क्षेत्रमा हिमपात बढी परेकाले चिप्लेर टिपर दुर्घटनामा परेको आशंका गरिएको छ ।

तपाइको विचार व्यक्त गर्नुहोस्

हाम्रो सुझाव

टिप्परको ठक्करबाट गैडाकोटमा १ को मृत्यु

ट्रक दुर्घटनामा ७ जनाको मृत्यु

प्रमुख समाचार

नेपालमा पनि भेटियो कोरोना भाइरसको संक्रमण

थप प्रमुख समाचार

गुरुकुलमा संस्कृतसँगै आधुनिक शिक्षा

सांसद विद्याको ३६ योजना

मनाङेलाई दुई दिन म्याद थप

केफ माविको २६ औं वार्षिकोत्सवमा सम्मान