हात्ती महोत्सव रद्द गर्न पेटा र आर्कद्वारा होटल संघलाई चेतावनी

आदर्श समाज सम्वाददाता
मंसिर २६, २०७६
Thailand Elephant Soccer

पोखरा, २६ मंसिर । नेपालले आफ्नो ’भ्रमण वर्ष २०२०’ अभियानको प्रचारप्रसार गरिरहँदा हात्ती माथि गरिने सास्तीले पर्यटकहरुमा वितृष्णा मात्रै पैदा गर्ने भएकाले पशु अधिकार समूहले त्यस्तो महोत्सव नगर्न चेतावनी दिएका छन् ।

चितवनमा गत वर्ष आयोजना गरिएको चितवन हात्ती महोत्सवबाट पिपुल फर दि इथिकल ट्रिट्मेण्ट अफ एनिमल्स (पेटा) ले प्राप्त गरेको भिडियो फुटेजमा माहुतेले हात्तीलाई दौड, सवारी र फुटबल तथा पोलो “खेल“ को लागि जबरजस्ती अंकुश, लठ्ठी तथा काठे चक्कुजस्ता धारिला हतियारहरु टाउको र कानजस्तो संवेदनशील अंग पछाडीको भागमा प्रहार गरेको र घोचेको देखाइएको छ।

उक्त दोषी देखिने प्रमाणको प्रतियुत्तरमा लगभग सबै पूर्व प्रायोजकहरुले हात्ती महोत्सवसँग आफ्नो सम्बन्ध तोडेका छन् । धेरैजसो ट्राभल कम्पनीहरुले यस्तो क्रुर कार्यक्रमसँग सम्बन्ध नराख्ने भनेर प्रतिज्ञा गरेका छन् भने विश्वभरबाट पनि हजारौँ मानिसहरुले यसलाई बन्द गर्न अनुरोध गरेका छन्।

पशुप्रतिको क्रुरतालाई वेवास्ता गर्नाले देशको “भ्रमण वर्ष २०२०“ अभियानमा कलङ्क लाग्ने काम मात्रै हुन्छ भन्दै पेटा र एनिमल राइट्स क्लब (आर्क) ले चेतावनी दिएका छन् तर, क्षेत्रीय होटल संघ नेपाल चितवन (महोत्सवका आयोजक) र नवनिर्वाचित अध्यक्ष, दीपक भट्टराईले भने अझै पनि यसलाई बन्द गरेका छैनन्।

पेटासँग कुरा गर्दै संघका एक पूर्व सदस्यले महोत्सवको क्रुरताबाट अति दिक्क भएर होटल संघका सहकर्मीसँग यस बारे कुरा राख्दा धेरै नै विरोध खेप्नु परेको बताउँछन्। अन्तत उक्त व्यक्तिले आफ्नो सदस्यता खारेज गरेका छन् र अहिले संघको सदस्य छैनन्।

“चितवन हात्ती महोत्सवको लागि हात्ती प्रतिको सास्ती बन्द नगरेसम्म पर्यटन मन्त्रालयले ’भ्रमण वर्ष २०२०’ अभियानलाई जति नै प्रचारप्रसार गरेपनि यसले झनै पर्यटकहरुमा वितृष्णा पैदा गर्ने मात्रै देखिन्छ“, आर्क का संस्थापक सुराजन श्रेष्ठ भन्छन्। “विश्वसामु नेपालको अपमान हुनबाट बचाउन, तत्कालै महोत्सव बन्द गर्नुपर्छ।“

पेटा जसको आदर्शको केही अंशले “पशुहरु हाम्रो मनोरञ्जनका लागि प्रयोग गर्न होइनन्“ भन्ने विचार राख्छ । नेपाली ट्राभल कम्पनी, टाइगर टप्सले अन्तर्राष्ट्रिय हात्ती पोलो प्रतियोगिता आयोजना गर्न बन्द गरेको र हात्ती सफारी पनि बन्द गरेको टिप्पणी गर्छ। गत साल पेटाले थाइल्याण्डमा हुने किंग्स कप हात्ती पोलो प्रतियोगितामा गरेको अनुसन्धान पश्चात तुरुन्तै उक्त कार्यक्रम बन्द भएको थियो। भारत र श्रीलंकामा पनि हात्ती पोलो प्रतियोगिता खारेज भएको छ।

Related News

सम्बन्धित समाचार

hero news full width