गण्डकीको एकै दिन ३ शाखा विस्तार

आदर्श समाज सम्वाददाता
मंसिर २६, २०७६
gandaki_Fotor

गण्डकी विकास बैंक लिमिटेडले एकै दिन ३ नयाँ शाखा सञ्चालनमा ल्याएको छ।

बैंकले बुधबार पोखरा–१३ को बाँझापाटन शाखा, काठमाडौं मैतीदेवी शाखा र जुम्लाको चन्दननाथ नपा–५, खलंगा शाखाको औपचारिक उद्घाटन गरेको हो। योसँगै बैंकको देशभर शाखा संख्या ९१ वटा पुगेको छ।

जुम्ला शाखाको उद्घाटन चन्दननाथ ५ का वडा अध्यक्ष अर्जुनसिंह कठायत र बैंकका सञ्चालक नारायणबहादुर बानियाँले संयुक्त रुपमा गरे।

वडाध्यक्ष कठायतले जुम्लावासीले बैंकका सेवासुविधाको लाभ लिने र बैंकको उपस्थिति फलदायी हुनेछ विश्वास व्यक्त गरे।

कार्यक्रममा समाजसेवी मीनप्रसाद पौडेल तथा जुम्ला उद्योग वाणिज्य संघका महासचिव अनिल रोकाय, समाजसेवी तथा पूर्व बैंकर खुमिलाल रोकाय लगायतले शुभकामना मन्तव्य व्यक्त गरेका थिए।

कार्यक्रममा बैंकका प्रमुख कार्यकारी अधिकृत रेशमबहादुर थापाले बैंकको गतिविधिबारे जानकारी दिएका थिए। उनका अनुसार बैंकले सबै शाखाहरुबाट निक्षेप संकलन, कर्जा प्रवाह गर्नुका साथै एबीबीएस, एटिएम, ईसीसी/आईपीएस, सी–आश्वा, मोवाइल बैंकिङ्ग सेवा, लघुवित्त सेवा, रेमिट्यान्स लगायतका सेवा प्रदान गरिरहेको छ।

Related News

सम्बन्धित समाचार

hero news full width