जङ्गली हात्तीको आक्रमणबाट एकको मृत्यु, छ घाइते

रासस
मंसिर २५, २०७६
NINTCHDBPICT000535950599-e1572654075731

भीमदत्तनगर, २५ मंसिर । जङ्गली हात्तीको आक्रमणबाट कञ्चनपुरको महाकाली नगरपालिका–२ मा अवस्थित मायापुरी सामुदायिक वनमा एक महिलाको मृत्यु भएको छ ।

जिल्ला प्रहरी कार्यालय कञ्चनपुरका प्रवक्ता प्रहरी नायब उपरीक्षक नरेन्द्र चन्दले नगरपालिका–२ का ३८ वर्षीया वसन्ती भट्टको बुधवार विहान मृत्यु भएको जानकारी दिए। हात्तिको आक्रमणबाट स्थानीय ललिता बोहरा, सुनिता विष्ट, उमा साउँद र सुशीला बम घाइते भएका छन् ।

उनीहरु बिहान घाँस काट्न जङ्गल जाँदा हात्तीको आक्रमणमा परेका हुन् । इलाका प्रहरी कार्यालय दोधारा चाँदनीका प्रमुख प्रहरी निरीक्षक चेतराम पनेरुले घाइतेमध्ये दुई जनाको अवस्था गम्भीर रहेको र उपचारका लागि भारतको खटिमा पठाइएको जानकारी दिए । उनले एकजना जङ्गलमा हराइरहेको हुँदा खोजीकार्यमा स्थानीय र प्रहरी जुटिरहेको जानकारी दिए ।

Related News

सम्बन्धित समाचार

hero news full width