सम्पत्ती शुद्धीकरणमा ११ बैंकका सिइओ

एजेन्सी
मंसिर २५, २०७६
bb

पोखरा, २५ मंसिर । सम्पत्ती शुद्धीकरण अनुसन्धान विभागले ११ वटा वाणिज्य बैंकका प्रमुख कार्यकारी अधिकृत (सिइओ) माथि एकैपटक अनुसन्धान शुरु गरेको छ ।

सबै वाणिज्य बैंकका प्रमुखमाथि सामान्य अनुसन्धान थालेको विभागले ११ जना सिइओमाथि भने सघन अनुसन्धान शुरु नै गरिसकेको छ । बैंक तथा वित्तीय संस्थाका प्रमुख कार्यकारीमाथि विभागले यस अघिदेखि नै निगरानी गरिरहेको थियो ।

११ जनाको विस्तृत अनुसन्धान अघि बढाइएको छ, बिशेष स्रोतबाट खुलेको छ । सम्पत्ती शुद्धीकरण अनुसन्धान विभागलाई प्रधानमन्त्री तथा मन्त्रिपरिषदको अधिनमा ल्याएपछि सक्रियता बढाएको छ । बैंक तथा वित्तीय संस्थाबाट कर्जा प्रवाह गर्दा अनियमितिता गर्ने र गलत तरिकाबाट लाभ उठाउने गरेको गुनासो आएपछि विभागले साउनमा वाणिज्य बैंकको ऋण शाखामा काम गर्ने उच्चस्तरका कर्मचारी र सिइओको विवरण संकलन गरेको थियो।

सम्पत्ती शुद्धीकरणको अनुसन्धानको दायरामा नेपाल बैंकर्स संघकै पदाधिकारी रहिसकेकादेखि नयाँ बैंकरहरु परेका छन् । उनीहरुले कर्जा प्रवाह गर्दा गलत मनसाय राखेको देखिएको स्रोतले दावी गरेको छ । सबैभन्दा बलियो सुपरीवेक्षण र नियमनको दायरामा रहेको बैंकिङ क्षेत्रका प्रमुख कार्यकारी अधिकृतहरुले आफ्नो पदीय दायित्व र जिम्मेवारीको दुरुपयोग गर्दै कमसल धितोमा ऋण दिने, ऋणीसँग अनुचित लाभ लिने र कर्जा दुरुपयोग समेत गरेको प्रमाणहरु भेटिएको अनुसन्धानबाट खुलेको स्रोतले दावी छ।

Related News

सम्बन्धित समाचार

hero news full width