प्रधानमन्त्रीले बालुवाटार बोलाए विजेता खेलाडीलाई

एजेन्सी
मंसिर २५, २०७६
13th-south-asian-games-ceremony-1024×576

पोखरा, २५ मंसिर । प्रधानमन्त्री केपी शर्मा ओलीले बुधबार दिउँसो तेहौँ दक्षिण एसियाली खेलकुद (साग) मा पदक जित्ने खेलाडीलाई सम्बोधन गर्ने भएका छन्।विजेता खेलाडीलाई बधाइ दिन तथा सम्बोधनका लागि प्रधानमन्त्रीले दिउसो २ बज बालुवाटार आमन्त्रण गरेका प्रधानमन्त्रीका प्रेस सल्लााहकार सूर्य थापाले जानकारी दिए।

‘सागमा स्वर्ण, रजत र कास्य पदक विजेता नेपाली खेलाडीलाई बधाई दिन प्रधानमन्त्री ओलीले बालुवाटार आमन्त्रण गर्नुभएको छ,’ थापाले भने, ‘राष्ट्रको प्रतिष्ठा र गौरव बढाउने खेलाडीहरूको सम्मानमा उहाँले संबोधन गर्नुहुनेछ।’

संवोधनका क्रममा प्रधानमन्त्री ओलीले खेलाडीलाई प्रोत्साहन प्याकेजकोसमेत घोषणा गर्ने बताइएको छ। १३ औं सागमा नेपालले ५१ स्वर्ण जितेको छ। प्रधानमन्त्री ओलीले मंगलबार साँझ समापन समारोहलाई भिडियो सन्देशमार्फत् सम्बोधन गरेका थिए।

Related News

सम्बन्धित समाचार

hero news full width