लैङ्गिक हिंसा रोक्न कानून प्रभावकारी -उपसभामुख शर्मा

आदर्श समाज सम्वाददाता
मंसिर २५, २०७६
srijana sarma

पोखरा, २५ मंसिर । गण्डकी प्रदेशका उपसभामुख सिर्जना शर्माले लैङ्गिक हिंसा अन्त्यका लागि कानून, नीति र कार्यक्रम प्रभावकारी कार्यान्वय आवश्यक रहेको बताएकी छन् ।

सामुदायिक वन उपभोक्ता महासंघ कास्कीद्वारा काहुँडाँडामा आयोजित लैङ्गिक हिंसा विरुद्धको १६ दिने अभियान कार्यक्रममा मन्तव्य व्यक्त गर्दै उनले सबैखाले हिंसाको अन्त्य गर्न घरघरबाट अभियान शुरु गर्नु पर्नेमा जोड दिइन् ।

मुलकको विकट क्षेत्रस्थित दुरदराजका महिलाले अहिले पनि परिवर्तनको महसुस गर्न नपाएकोे उल्लेख गर्दै उनले महिलाहरु धार्मिक, आर्थिक, राजनीतिक एवम् सामाजिक रुपमा असुरक्षित रहेको बताइन् ।
समाजमा जातीय एवम् गरिबीको आधारमा हुने विभेदको अन्त्य गरी समानता कायम गर्न सामुदायिक वनले महत्वपूर्ण भूमिका खेल्दै आएको बताइन् ।

Related News

सम्बन्धित समाचार

hero news full width