फुटवलमा नेपाललाई स्वर्ण

आदर्श समाज सम्वाददाता
मंसिर २४, २०७६
kl

पोखरा, २४ मंसिर । १३ औं सागको पुरुष फुटबल अन्तर्गत फाइनल खेलमा नेपालले भुटानलाई २–१ ले पराजित गरी स्वर्ण पदक हात पारेको छ । दोस्रो हाफमा नेपालले यससँगै २–१ को अग्रता लिएको थियो । खेलमा नेपालका लागि दोस्रो गोल सुनिल बलले खेलको ५३ औं मिनेटमा गरेका हुन् ।

खेलको १६ औं मिनेटमा नै नेपालले सुरुवाती गोलको अग्रता लिएको थियो। अभिषेक रिजालले नेपालका लागि सुरुवाती गोल गरेका थिए। यद्यपी भुटानका चेन्चो ग्याल्चेनले खेलको ३७ औं मिनेटमा नेपालविरुद्ध बराबरी गोल फर्काएका थिए।

नेपालले लिग चरणमै फाइनलमा पुगेको भुटानलाई पराजित गरेको थियो। त्यसबेला भुटान नेपालसँग ४–० को गोल अन्तरमा पराजित भएको थियो। नेपाल साग फुटबलमा छैठौं पटक फाइनलमा पुगेको हो।
यसअघि नेपाल १९८४, १९८७, १९९३, १९९९ र २०१६ मा फाइनल पुगेको थियो। त्यसमध्ये नेपालले १९८४, १९९३ र २०१६ मा उपाधि उचालेको थियो।

Related News

सम्बन्धित समाचार

hero news full width