स्याङ्जामा लैङ्गिक हिंसा विरुद्ध कार्यक्रम

आदर्श समाज सम्वाददाता
मंसिर २४, २०७६
mahila

पोखरा,२४मंसिर । फेदीखोला गाउँपालिकामा“समानताको पुस्ता, बलात्कार विरुद्धको एक्यबद्धता” भन्ने नाराका साथ लैङ्गिक हिंसा विरुद्ध १६ दिने अभियान अंन्तर्गत शुक्रबार कार्यक्रम सम्पन्न भएको छ ।

फेदीखोला गाउँपालिका, हरियो वन र इन्सेकको आयोजनामा कार्यक्रम सम्पन्न गरिएको हो । कार्यक्रममा गाउँपालिका अध्यक्ष घनश्याम सुवेदीले समाजमा हुने हिंसाको न्यूनीकरण गर्नका लागि सबै क्षेत्रको सहयोग आवश्यक रहेको बताउदै महिला माथि हुने विभिन्न प्रकारका दुव्र्यवहार न्यूनीकरण गर्नको लागि यस प्रकारका कार्यक्रमले सहयोग पु¥याउने बताए ।

महिला माथि हुने हिंसाको बारेमा महिला आफै पनि सचेत भएको खण्डमा महिला हिंसालाई केही हदसम्म कम गर्न सकिने गाउँपालिका उपाध्यक्ष देवी थापाले बताए । कार्यक्रममा महिला अधिकार, १६ दिने अभियानका बारेमा इन्सेक फोकल पर्सन सवनम शर्माले प्रस्तुतीकरण गरेकी थिइन् ।

Related News

सम्बन्धित समाचार

hero news full width