स्वास्थ्यबारे सचेतना जरुरी : मन्त्री पुन

आदर्श समाज सम्वाददाता
मंसिर २४, २०७६
20191209_092455_Fotor

युआरएल पत्रकारिता पुरस्कारबाट पत्रकार सुरेन्द्र पौडेललाई सम्मान गर्दै मन्त्री नरदेवी पुन लगायत। तस्वीर : विजय नेपाल/आदर्श समाज।

पोखरास्थित युनाइटेड रेफरेन्स ल्याबोरेटरी (युआरएल) ले स्थापना गरेको युआरएल पत्रकारिता पुरस्कार २०७६ बाट पत्रकार सुरेन्द्र पौडेल सोमबार सम्मानित भएका छन्।

युआरएलको छैटौं वार्षिकोत्सव एवं पुरस्कार वितरण समारोहमा गण्डकी प्रदेश सामाजिक विकास मन्त्री नरदेवी पुनमनगर, युआरएल अध्यक्ष सुशील थापा लगायतले उनलाई पुरस्कृत गरेका हुन्। पुरस्कार राशि १५ हजार र ताम्रपत्र छ।

नेपाल पत्रकार महासंघका कार्यसमिति सदस्य पौडेल आर्थिक आवाज अर्धसाप्ताहिक र आर्थिक अभियान राष्ट्रिय दैनिकमा आवद्ध छन्।

सो अवसरमा २०७६ को उत्कृष्ट कर्मचारी पुरस्कारबाट दमौली शाखा प्रमुख आशीष श्रेष्ठलाई सम्मान गरियो।

सामाजिक विकास मन्त्री पुनमगरले नागरिकलाई स्वास्थ्यबारे चेतना दिने र सित्तैमा शिविर गर्ने सरकारको काम गरेकोमा युआरएललाई धन्यवाद दिइन्। उनले नागरिकलाई स्वस्थ बनाउन आमाहरुलाई स्वास्थ्यबारे सचेतना जरुरी भएको बताइन्। उनले भनिन्, ‘हामी चेतनामूलक अभियान चलाउँदै छौं। सरुवा रोगहरु नियन्त्रण भइसके, नसर्ने रोगहरुबाट बाच्न खानपान, जीवनशैली र समय समयमा चेकजाँचको सुलभ व्यवस्था गर्न सरकार लागेको छ। ’

गण्डकी मेडिकल कलेजका प्रिन्सिपल डा रवीन्द्रप्रसाद श्रेष्ठले प्रयोगशाला र चिकित्सक एकअर्काका परिपूरक भएको उल्लेख गरे। उनले रोगको निदान र उपचारका लागि गुणस्तरीय ल्याबको ठूलो भूमिका रहेको जनाए।

अफिन अध्यक्ष अशोक पालिखेले स्वास्थ्य संस्था सञ्चालनमा अनेक व्यवधान रहेको उल्लेख गरे। उनले भने, ‘प्रशासनले कानून अनुसार कमजोरी गर्नेलाई कारवाही गर्नुभन्दा पनि मिल भन्ने गरेको छ। ’

युआरएल अध्यक्ष शुशील थापाले संसारमा रगतका करिब ३ हजार थरि परीक्षण हुने उल्लेख गर्दै गण्डकी प्रदेशलाई रक्तजाँचमा आत्मनिर्भर बनाउन लाग्ने प्रण गरे। उनले स्वास्थ्य उपचारसँगसँगै सबैमा स्वास्थ सचेतना आवश्यक रहेकोमा जोड दिए।

युआरएल प्रबन्ध निर्देशक ठाकुरप्रसाद पन्तले ६ वर्षको अवधिमा ५८ हजारभन्दा बढीलाई निःशुल्क सेवा दिएको जानकारी दिए। करिब ४ सय संघ, संस्थासँग सहकार्य गरी ७८ शिविरमार्फत सचेतना र निशुल्क जाँच सर्वसाधारणसम्म पुर्याएको उनको भनाइ छ। पन्तले भने, ‘हामीले नाफाभन्दा अघि सामाजिक उत्तरदायित्व र सेवालाई राखेका छौं। यो प्रदेशको पहिलो र अग्रणी ल्याब भएको दायित्व हामीले पूरा गरेका छौं। ’

पत्रकार महासंघ कास्की अध्यक्ष दीपेन्द्र श्रेष्ठले व्यवसायसँगै संस्थागत सामाजिक उत्तरदायित्व निर्वाह गर्नु व्यवसायीको कर्तव्य भएको बताए।

तनहुँ घर भई २०६४ देखि पत्रकारितामा क्रियाशील पत्रकार सुरेन्द्र पौडेलले पुरस्कारले आफूलाई ऊर्जा थपेको सुनाए।

पत्रकार हरि बास्तोला संयोजक रहेको प्रतिभा छनोट समितिमा डा नवराज पौडेल, अधिकारकर्मी रामबहादुर पौडेल, पत्रकार दीपक परियार र स्वास्थ्य पत्रकार यदुनाथ बञ्जारा सदस्य थिए।

यसअघि यो पुरस्कारबाट ऋषि खतिवडा र यदुनाथ बञ्जारा सम्मानित भइसकेका छन्।

Related News

सम्बन्धित समाचार

  • गण्डकी बोर्डिङका शिक्षकलाई तालिम

    आदर्श समाज सम्वाददाता वैशाख १२, २०८१
    पोखरा । खुसी हुनु मानिसको मूल स्वभाव हो । तर अचेल व्यस्त दैनिकीका कारण मानिस आफ्नो खुसी हुने स्वभाव बिर्सिएर…
  • प्यान गण्डकीको प्रथम भेला : वामदेवको अध्यक्षतामा नयाँ कार्यसमिति गठन

    आदर्श समाज सम्वाददाता वैशाख १२, २०८१
    पोखरा । पोखरा । प्रधानाध्यापक संघ नेपाल (प्रिन्सिपल एसोसियन नेपाल–पान) को पोखरामा सम्पन्न पहिलो भेलाले वामदेव पौड्यालको अध्यक्षतामा गण्डकी प्रदेशस्तरको…
  • एनटिभिएको शुभकामना आदानप्रदान

    आदर्श समाज सम्वाददाता वैशाख १२, २०८१
    पोखरा । नेपाल पर्यटक यातायात व्यवसायी संघ (एनटिभिए) गण्डकीले नयाँ वर्ष अवसरमा शुभकामना आदानप्रदान एवं टेबुल क्यालेन्डर लोकार्पण गरेको छ…
  • पोखरा १३ मा निशुल्क तालिम

    आदर्श समाज सम्वाददाता वैशाख १२, २०८१
    पोखरा । पोखरा १३ ले निशुल्क सिपमूलक तालिम उपलब्ध गराएको छ । एड्भान्स कटाइसिलाइ, डिप्लोमा ब्युटी पार्लर, लोकसेवा अनलाइन कक्षा…
  • जलारी समुदायबारे वृत्तचित्र

    आदर्श समाज सम्वाददाता वैशाख १२, २०८१
    पोखरा । जलारी समुदायबारे निर्माण भएको वृत्तचित्र सार्वजनिक गरिएको छ । गण्डकी प्रज्ञा प्रतिष्ठानले निर्माण गरेको वृत्तचित्र मंगलबार सार्वजनिक गरेको…

hero news full width