कालिका सहकारीमा अधिकारी

आदर्श समाज सम्वाददाता
मंसिर २४, २०७६
kalika sahakari progrem photo_Fotor

हेमजाको सुइँखेतस्थित कालिका कृषि सहकारी संस्थाको १३ औं वार्षिक साधारणसभा तथा पाँचौं अधिवेशन शनिवार सम्पन्न भएको छ। अधिवेशनले तीनवर्षे कार्यकालका लागि पुनः तारापति अधिकारीको अध्यक्षतामा ९ सदस्यीय समिति सर्वसम्मत चयन गरेको छ।

समितिको उपाध्यक्षमा सकुन्तला अधिकारी, सचिवमा गंगादेवी अधिकारी, सह–सचिवमा रामचन्द्र सुवेदी, कोषाध्यक्षमा खिमलाल अधिकारी छन्। त्यस्तै सदस्यमा खरिका अधिकारी, मणिरत्न अधिकारी, गीता अधिकारी र दिननाथ अधिकारी सदस्यमा छनोट भए।

अधिवेशनले लेखा समितिको संयोजकमा तुलसीप्रसाद भण्डारी, शिक्षा समितिको संयोजकमा शोभाकर भण्डारी तथा ऋण लगानी समितिको संयोजकमा शकुन्तला अधिकारीलाई जिम्मेवारी पनि दिएको छ। प्रमुख अतिथि पोखरा महानगरपालिका पशु सेवा शाखाका प्रमुख नवराज अधिकारीले सहकारीले गरेका उत्पादनमूलक कार्यको प्रशंसा गरे। उनले त्यस अवसरमा सरकारी निकायबाट कृषि क्षेत्रमा प्रदान गरिदै आइएका सेवा, सुविधा तथा सहुलीयतका बारेमा जानकारी पनि दिएका थिए।

संस्थाका सल्लाहकार हरिमाया अधिकारी, रामचन्द्र सुवेदी, लेखा संयोजक ऋषिराम सुवेदी, कृषक शेरबहादुर राना लगायतले सहकारीको महत्व माथि प्रकाश पारेका थिए।

कार्यक्रमका बीच उत्कृष्ट कृषकको रुपमा विष्णुमाया सापकोटा र असल ऋणीबाट झविलाल भण्डारीलाई सम्मान गरिएको थियो। सहकारीका अध्यक्ष अधिकारीको अध्यक्षतामा सम्पन्न उक्त कार्यक्रम सचिव टीकाराम दाहालले संचालन गरेका थिए।

कार्यक्रममा सम्बोधन गर्दै पोखरा महानगरपालिका पशु सेवा शाखाका प्रमुख नवराज अधिकारी।

Related News

सम्बन्धित समाचार

hero news full width