मन्टेश्वरी र व्युटिसियन तालिम शुरु

आदर्श समाज सम्वाददाता
मंसिर २४, २०७६
sunagabha lions_Fotor

लायन्स क्लब अफ लेखनाथ सुनगाभाको आयोजनामा मन्टेश्वरी तथा व्युटिसियन तालिम शुभारम्भ भएको छ।

पोखरा २७ स्थित लिटल गाडेर्न मन्टेश्वरीमा पुस १ देखि माघ अन्त्यसम्म चल्ने तालिममा ७७ जना महिला सहभागी छन्। तालिममा मन्टेश्वरी प्रशिक्षक सेल्भी बास्तोलाले सहजिकरण गर्ने छन्।

तालिम शुभारम्भ गर्दै डिट्रिक गभर्नर लायन ईन्दु लम्सालले महिलाको क्षमता विकाससँगै आत्मनिर्भर बनाउन यस्ता तालिम महत्वपूर्ण हुने बताइन्।

कार्यक्रममा प्रथम भीडीजी मनबहादुर रोक्का, सचिव विनोद ढुगांना, चिफ एडभाईजर महेश पौडेलले बोलेका थिए।

लान्यस सुनगाभा अध्यक्ष ऋतु पौडेलको अध्यक्षतामा भएको कार्यक्रममा प्रथम उपाध्यक्ष गिमाया गुरुङले स्वागत र सचिव कविता घिमिरेले सञ्चालन गरेकी थिइन्।

Related News

सम्बन्धित समाचार

hero news full width