चार बालिकाको उद्वार

आदर्श समाज सम्वाददाता
मंसिर २४, २०७६
Udar baglug baspark_Fotor

पोखरामा जोखिमपूर्ण श्रममा लगाइएका ४ जना बालिकाको उद्धार गरिएको छ।

पोखरा महानगरपालिकाको संयोजन तथा पोखरा उद्योग वाणिज्य संघ बालश्रम न्यूनीकरण कार्यक्रम, जिल्ला प्रहरी कार्यालय, जिल्ला प्रशासन कार्यालय र शक्ति समूहको समन्वयमा उनीहरुको उद्धार गरिएको हो ।

पोखरा पृथ्वीचोकस्थित बसपार्कमा रहेको अस्मिता सोलुखुम्बु सगरमाथा रेष्टुरेष्ट, मार्फा थकाली रेष्टुरेष्ट, सन्दीप होटल र हिमालयन थकाली गेष्ट हाउसबाट १४ वर्ष मुनिका ती बालिकाको उद्धार गरिएको थियो।

ती बालिकाको उचित संरक्षण र व्यवस्थापनका लागि आपत्तकालीन गृह कास्कीमा राखिएको छ। १४ वर्ष मुनिका बालबालिकालाई जोखिमपूर्ण श्रममा लगाए १ वर्ष कैद र ५० हजारसम्म जरिवाना वा दुवै सजाय हुने कानूनी व्यवस्था छ।

Related News

सम्बन्धित समाचार

  • प्रकट पगेनी ‘शिव’ को निधन

    आदर्श समाज सम्वाददाता वैशाख ४, २०८१
    पोखरा। गजलकार एवं गीतकार प्रकट पगेनी ‘शिव’ को निधन भएको छ । जण्डिस र निमोनियाबाट गम्भीर बिरामी उनको मणिपाल शिक्षण अस्पतालमा…
  • नयाँ वर्षमा एगाको सहयोग

    आदर्श समाज सम्वाददाता वैशाख ३, २०८१
    पोखरा । इम्ब्रोइडरी एन्ड गार्मेन्ट एसोसिएसन (एगा) पोखराले नयाँ वर्ष २०८१ का अवसरमा शुभकामना आदानप्रदान एवम् शैक्षिक सामग्री सहयोग गरेको…
  • दरौंखोला समाजको भित्तेपात्रो

    आदर्श समाज सम्वाददाता वैशाख ३, २०८१
    पोखरा दरौंखोला सामीप्य समाजको भित्तेपात्रो विमोचन एवं नयाँ वर्षको शुभकामना आदानप्रदान शनिबार पोखरामा गरिएको छ । स्याङ्जाको दरौंखोला आसपासबाट पोखरामा…
  • भुलभुला देवीमा ट्रस्ट भवन उद्घाटन

    आदर्श समाज सम्वाददाता वैशाख ३, २०८१
    पोखरा । पोखरा ३३ पुडिटारस्थित भुलभुला देवी मन्दिरको परिसरमा निर्मित ट्रस्ट भवन एक कार्यक्रमबीच उद्घाटन गरिएको छ । पोखरा ३३…
  • छोरेपाटन भूपू विद्यार्थीबीच शुभकामना

    आदर्श समाज सम्वाददाता वैशाख ३, २०८१
    पोखरा । छोरेपाटन मावि भूतपूर्व विद्यार्थी मञ्चले नयाँ वर्षको अवसर पारेर शुभकामना आदानप्रदान गरेको छ । छोरेपाटन मावि विद्यालय व्यवस्थापन…

hero news full width