ढाकाचोली महिला सहकारीको कार्यालय स्थापना

आदर्श समाज सम्वाददाता
मंसिर २४, २०७६
Dhaka choli pic_Fotor

ढाकाचोली महिला बचत तथा ऋण सहकारी संस्था पोखरा ७ ले आफ्नो कार्यालय स्थापना गरेको छ।

कार्यालय उद्घाटन गर्दै पोखरा महानगरपालिका सहकारी शाखाका शाखा संयोजक तेजनारायण अधिकारीले पोखरामा रहेका सहकारीलाई व्यवस्थित बनाएर लैजाने बताए। गण्डकी बचत तथा ऋण सहकारी संस्थाका अध्यक्ष धु्रव पनेरुले महिला दिदीबहिनीहरुको सक्रियतामा खोलिएको सहकारी नमुना सहकारीको रुपमा स्थापित हुनेमा आफू विश्वस्त रहेको बताए। रेडियो सफलताका प्रबन्ध निर्देशक दुर्गा अधिकारीले महिलाको अर्थपूर्ण सहभागिताका लागि सम्वन्धित निकायले पहल गर्नुपर्ने बताइन्। उनले महिलाले नेतृत्व गरेका संस्थामा पारदर्शिता र सुशासन हुने बताइन्।

संस्था अध्यक्ष पार्वती पनेरुको अध्यक्षतामा भएको कार्यक्रममा सामाजिक व्यक्तित्व विष्णु खनाल, ढाडँ आमा समूहका अध्यक्ष हरिमाया कार्की, संस्थाका सदस्य पार्वती सुवेदी, निर्मला सुवेदी लगायतले बोलेका थिए।

संस्था उपाध्यक्ष लक्ष्मी गुरुडले धन्यवाद ज्ञापन गरेको कार्यक्रमको संचालन भीमा पौडेलले गरेकी थिइन्। संस्थामा १ सय २१ शेयर सदस्य छन्।

Related News

सम्बन्धित समाचार

hero news full width