गोर्खा भूतपूर्व सहकारीको आठौं साधारणसभा

साधन राम्जाली
मंसिर २४, २०७६
Gorkha-bhu-pu-sahakari _Fotor

म्याग्दी सदरमुकाम बेनीमा संचालित गोर्खा भूतपूर्व सैनिक बचत तथा ऋण सहकारी संस्था लिमिटेडको आठौं बार्षिक साधारणसभा सम्पन्न भएको छ।

भारतीय गोर्खा सैनिकबाट सेवानिवृत्त भएकाहरुबाट स्थापित सहकारीको विविध कार्यक्रमसहित शनिबार आठौ वार्षिक साधारणसभा बेनीमा सम्पन्न भएको हो ।

दुई करोड ६८ लाख १६ हजार ५०० रुपैयाँ शेयर पुँजि रहेको संस्थाले गत आर्थिक वर्षमा १५ करोड ६३ लाख ३२ हजार ६२२ रुपैयाँ निक्षेप संकलन र ११ करोड ९३ लाख ३० हजार ७०६ रुपैयाँ लगानी संस्थाका कोषाध्यक्ष कृष्णबहादुर पुनले जानकारी दिए ।

कार्यक्रममा सचिव खुमबहादुर बानियाले वार्षिक प्रगति, लेखा समिति संयोजक जसबहादुर तिलिजाले लेखा समिति प्रतिवेदन प्रस्तुत गरेका थिए।

कार्यक्रममा गोर्खा सैनिक बोर्ड बेनीका सेक्रेटरी सोमबहादुर थापा, सल्लाहकार संयोजक मिनबहादुर कार्की, बेनपा–७ का वडा अध्यक्ष राजेन्द्र श्रेष्ठ लगायतले बोलेका थिए । संस्थाका अध्यक्ष टेकबहादुर रावलको अध्यक्षता, सचिव खुमबहादुर बानियाँको सञ्चालन र उपाध्यक्ष देउप्रसाद छन्त्यालको स्वागत मन्तव्यमा कार्यक्रम सम्पन्न भएको थियो।

Related News

सम्बन्धित समाचार

hero news full width