कुमारी र रामको सालैजो सार्वजनिक

आदर्श समाज सम्वाददाता
मंसिर २३, २०७६
Album

पोखरा, मंसिर २३ । पोखराका संचारकर्मी एवं लोक दोहोरी गायिका कुमारी बुढा मगर र राम बिलास राईको उकालीमा वरपिपल छायाँ (सालैैजो) सार्वजानिक भएको छ । करिब १२ मिनेट लामो सो मौलिक सालैजो गीतलाइ म्युजिक नेपालको युटुब च्यानलबाट सार्बजनिक गरिएको हो ।

गायिका कुमारी बुढामगर र बिलास राईको स्वर रहेको सालैजो गीतमा नवराज बरालको शव्द र संगित तथा बीबी अनुरागीको संगीत संयोजन रहेको छ । नेपाली लोक संस्कृतिलाई जर्गेना गर्दै गाउँघरमा गाईने भाका दर्शक माझ प्रस्तुत गर्न पाउँदा खुसी लागेको संचारकर्मी एवं लोक दोहोरी गायिका कुमारी बुढा मगरले सुनाइन् ।

म्याक्सन फोर डी स्टुडियो पोखरामा छवि राना मगरले सम्पादन गरेको सो गितको रेकर्डिङ प्रिज्मा स्टुडियो काठमाडौंमा गरिएको थियो । लबसन गुरुङले निर्देशन गरेको सो भिडियोलाइ सन्तोष पिठाकोटे मगरले छायांकन गरेका हुन् । भिडियोमा मनिष गुरुङ र रोम्या गुरुङको नृत्य रहेको छ ।

Related News

सम्बन्धित समाचार

  • छन्द बचाऊँ वाचनकला पुरस्कारबाट त्रिपाठी सम्मानित

    आदर्श समाज सम्वाददाता वैशाख ९, २०८१
    पोखरा । छन्द दिवस अवसरमा शनिबार माधव वियोगी वाङ्मय प्रतिष्ठानले छन्दकविता वाचक शिव त्रिपाठीलाई छन्द बचाऊँ वाचनकला पुरस्कार प्रदान गरेको…
  • सबीको अपरिभाषित आभा लोकार्पित

    आदर्श समाज सम्वाददाता वैशाख ९, २०८१
    काठमाडौं । मुक्तक साधनामा २ दशकदेखि क्रियाशील सबी श्रेष्ठको कृति ‘अपरिभाषित आभा’ शनिबार काठमाडौंमा लोकार्पण गरिएको छ । आवरण प्रकाशनले…
  • छन्द बचाऊँ वाचनकला पुरस्कारबाट त्रिपाठी सम्मानित

    आदर्श समाज सम्वाददाता वैशाख ८, २०८१
    पोखरा । छन्द दिवस अवसरमा शनिबार माधव वियोगी वाङ्मय प्रतिष्ठानले छन्दकविता वाचक शिव त्रिपाठीलाई छन्द बचाऊँ वाचनकला पुरस्कार प्रदान गरेको…
  • सिर्जनशीलमा दार्शनिक ज्ञानको प्रबोधीकरण

    आदर्श समाज सम्वाददाता वैशाख ८, २०८१
    पोखरा । सिर्जनशील लोकतान्त्रिक प्रतिष्ठान पोखरामा शनिबार कवि शिरोमणि लेखनाथ पौड्यालका काव्यमा अद्वैत वेदान्त दर्शन शीर्षकको अनुसन्धानमा केन्द्रित रही प्रबोधीकरण…
  • सबीको अपरिभाषित आभा लोकार्पित

    आदर्श समाज सम्वाददाता वैशाख ८, २०८१
    काठमाडौं । मुक्तक साधनामा २ दसकदेखि क्रियाशील सबी श्रेष्ठको कृति ‘अपरिभाषित आभा’ शनिबार काठमाडौंमा लोकार्पण गरिएको छ । आवरण प्रकाशनले…

hero news full width