जापानी नागरिकको संस्थामा बने नेपाली नागरिक अध्यक्ष

आदर्श समाज सम्वाददाता
मंसिर २२, २०७६
ppp

पोखरा, २२ मंसिर । जापान– नेपालको वेसबल खेल विकास गर्न २० वर्षदेखि सहयोग गर्दै आएको जापानी नागरिकको संस्थामा नेपाली नागरिक अध्यक्ष चयन भएका छन् ।

जापानी नागरिकको गैर सरकारी संस्था क्लब लालीगुराँसको २० औं साधारण सभाले नेपालका ईश्वर थापालाई अध्यक्ष चयन गरेको हो । यसअघि क्लबका उपाध्यक्ष रहेका पोखराका थापा जापानको व्यवसायिक वेसबल क्लब ‘जेरो सिक्स् बुल्स्बाट खेल्ने पहिलो नेपाली समेत हुन् ।

यस्तै, क्लबको साधाराणसभाले उपाध्यक्षमा २ जना जापानी तथा सञ्चालक समितिमा ४ जना नेपाली र १० जना जापानी नागरिक चयन गरेको छ । नेपालको तर्फबाट सञ्चालक समितिमा भक्तपुरका रोशन थापा, नवराज भुजेल छन् । भूजेलले नेपालमै पहिलो पटक यो खेल खेल्ने पुराना खेलाडी अहिलेसम्म नै आवद्ध भएर यस खेललाई अगाडि वढाउन लागिपरेका छन् । जापानमा रोजगारी गरीरहेका अर्जुन श्रेष्ठ र अमृत पोखरेल चयन भएका छन् ।

थापा भक्तपुर राईजिङ्ग स्टार्सका अध्यक्ष तथा कारोबार दैनिकका कार्यरत छन् । भुजेल पोखरा वेसबल क्लबका कोषाध्यक्षका साथै भूपू खेलाडी पनि हुन् । २० वर्षदेखि क्लबका अध्यक्ष रहेका योही कोयावासी र श्रीलंकन नागरिक चयन भएका छन् ।

२१ वर्ष अघि नेपाल घुम्न आएका जापानका केही विद्यार्थीले पहिलो पटक पोखरा शहरमा वेसबल खेलको सुरवात गर्दै यस खेलको विकास र विस्तार गर्न भन्दै संस्था स्थापना गरेका थिए । हाल संस्थाले जापानमा बसी नेपाललाई खेल साम्रागीहरु उपलब्ध गराउदै आएको छ । भने संस्कृति आदान प्रदान कार्यक्रम अन्र्तगत नेपालका खेलाडीलाई जापानमा तालिम उपलब्ध गराउन सहयोग गर्दै आएको छ । वेसबलको खेल साम्रागी निकै महंगो पर्ने गर्छ भने खेल साम्रागी नेपाली बजारमा उपलब्ध छैन्न । यो खेल जापान, अमेरिका लगायत विकसित राष्ट्रमा निकै प्रख्यात छ ।

Related News

सम्बन्धित समाचार

hero news full width