इटहरीको सूर्य कम्प्लेक्समा आगलागी

आदर्श समाज सम्वाददाता
मंसिर २२, २०७६
fire

धरान, २२ मंसिर । सुनसरीको इटहरी चोकमा रहेको सूर्य कम्प्लेक्समा शनिवार राति आगलागी भएको छ । राति १२ बजेबाट सुरु भएको आगलागी आइतबार बिहान ४ बजे नियन्त्रणमा आएको छ । पाँच तले सूर्य कम्प्लेक्सको पाँचौ तलामा रहेको विगबार रेष्टुरेन्टबाट सुरु भएको आगो अन्य पसलमा पनि फैलिएको थियो । आगलागीको क्षतिको विवरण आउन सकेको छैन् ।

इलाका प्रहरी कार्यालय इटहरीका प्रहरी नायव उपरीक्षक धर्मराज भण्डारीले आगो नियन्त्रणका लागि इटहरी, विराटनगर, धरान, इनरुवा, सुन्दरहरैचा लगायत स्थानका नौवटा दमकल प्रयोग गरिएको जानकारी दिए । आगलागीबाट तीन करोडको क्षेति भएको अनुमान गरेका छन् ।

Related News

सम्बन्धित समाचार

hero news full width