मगर संघ छिनेडाँडामा ज्योतिराम थापा

आदर्श समाज सम्वाददाता
मंसिर २२, २०७६
magar

पोखरा, २२ मंसिर । नेपाल मगर संघ, छिनेडाँडा एकाई समिति, पोखरा–१४, कास्कीको अध्यक्षमा ज्योतिराम थापामगर सर्वसम्मत चयन भएका छन् ।

शनिबार सम्पन्न संघको पाँचौं वार्षिक साधारणसभा तथा तेस्रो अधिवेशनबाट उपाध्यक्षमा दलबहादुर थापामगर, सचिवमा निलकण्ठ रानामगर, सह–सचिवमा धनबहादुर थापामगर, कोषाध्यक्षमा देवबहादुर ढेंगामगर र सह–कोषाध्यक्षमा रेखा रानामगर चयन भएका छन् । त्यसैगरी, एकाई सदस्यहरूमा होमकला पुनमगर, पिया आलेमगर, उर्मिला रानामगर, कोपिला रानामगर, पद्मा आलेमगर, भीम पुनमगर, संगीता थापामगर, शान्ति रानामगर र तेजबहादुर रानामगर छन् ।

यसअघि, अधिवेशनको उद्घाटन गर्दै नेपाल मगर संघ, कास्कीकी अध्यक्ष संगीता पुनमगरले मगर जाती आफ्नो अधिकार र भाषा, संस्कृति संरक्षणका लागि एकजुट हुनुपर्ने आवश्यकता औंल्याइन् । एकाइ अध्यक्ष ज्योतिराम थापामगरको अध्यक्षतामा भएको कार्यक्रममा नेपाल मगर संघ, कास्कीकी उपाध्यक्ष बुद्धिमाया थापामगर, कोषाध्यक्ष चन्द्रबहादुर पुर्जामगर लगायतले आफ्नो भनाई राखेका थिए ।

Related News

सम्बन्धित समाचार

hero news full width