दुर्घटनाका घाइतेलाई रेडक्रसको सहयोग

आदर्श समाज सम्वाददाता
मंसिर २०, २०७६
redcross baidam

पोखरा, २० मंसिर । नेपाल रेडक्रस सोसाइटी बैदामले सवारी दुर्घटनामा घाइते भएकालाई आर्थिक सहयोग गरेको छ । विपद् व्यवस्थापन कोषबाट हेटौडा घर भई पोखरा ६ बैदाम बस्ने मिलन तामाङलाई कोषबाट ५ हजार आर्थिक सहयोग गरिएको रेडक्रस बैदाम उपशाखाका अध्यक्ष गिरिराज अधिकारीले बताए ।

बैदाममा गत मंसिर १ गते मोटरसाइकल दुर्घटनामा परी तामाङ घाइते भएका थिए । उनको पारिवारिक अवस्था कमजोर रहेकाले आफूहरुले विपद् व्यवस्थापक कोषबाट सो रकम सहयोग गरेको सहसचिव तुलसी दाहालले बताए ।

तामाङको टाउकोमा गम्भीर चोट लागेको छ, उनको उपचारमा अहिलेसम्म ९ लाख खर्च भईसकेको जनाइएको छ । तामाङको उपचार नेपाल रेडक्रस सोसाइटी बैदामका सचिव सूर्यनाथ पहारीको सहयोगमा भईरहेको छ । सचिव पहारीले जवानी बसेर उपचार गराइरहेका र उपचारको लागि सहयोग पनि संकलन भईरहेको रेडक्रस बैदामका सहसचिव दाहालले बताए ।

Related News

सम्बन्धित समाचार

hero news full width