महिला ह्याण्डबलको सेमीफाइनल समीकरण पूरा

आदर्श समाज सम्वाददाता
मंसिर २०, २०७६
handball 2 (1)

पोखरा, २० मंसिर । १३ औं साग अन्तरगत महिला ह्याण्डबलको सेमीफाइनल समीकरण पूरा भएको छ । आयोजक नेपाल, बंगलादेश, भारत र पाकिस्तान सेमीफाइनलमा पुगेको छ ।

समूह ए बाट भारत समूह विजेता र पाकिस्तान उपविजेता बन्दै सेमीफाइनल पुगेको हो । समूह बी बाट नेपाल समूह विजेता र बंगलादेश उपविजेता बन्दै सेमीफाइनल पुगेको हो । सेमीफाइनलमा आयोजक नेपाल र बंगलादेश उपविजेता बन्दै सेमीफाइनल पुगेको हो ।

सेमीफाइनलमा नेपाल र पाकिस्तान तथा भारत र बंगलादेश फाइनलका लागि भिड्नेछन् । पोखरा रंगशालाको बहुउद्देश्यीय कभर्ड हलमा भएको महिला ह्याण्डबलको समूह चरणको अन्तिम खेलमा भारत र बंगलादेशले आ–आफ्नो खेल जित्दै सेमीफाइनल पुगेको हो ।

पहिलो खेलमा भारतले पाकिस्तानलाई ४५–२४ ले हराउदै समूह बिजेता बन्यो । भारत र पाकिस्तानबीचको खेल विजेता र उपविजेताको लागि मात्र थियो । समूह ए को माल्दिभ्स भने भारत र पाकिस्तानसग हार्दै विहीबार नै प्रतियोगिताबाट बाहिरिएको थियो ।

समूह बी अन्तरगत समूह चरणको अन्तिम खेलमा बंगलादेशले श्रीलंकामाथि ३४–१३ गोलको जित निकालेर समूह उपविजेता बन्दै सेमीफाइनल पुगेको हो । नेपालले भने श्रीलंका र बंगलादेशसगको लगातार दुई खेल जित्दै समूह चरणको विजेता बनेर सेमीफाइनल पुगिसकेको छ ।

Related News

सम्बन्धित समाचार

hero news full width