मोटरसाइकल ठक्कर खाँदा १ को मृत्यु

rss रासस
मंसिर २०, २०७६

चितवन, २० मंसिर । मोटरसाइकल एकापसमा ठोक्किँदा बिहीबार साँझ एक जनाको मृत्यु भएको छ भने एक घाइते भएका छन् । मृत्यु हुनेमा भरतपुर महानगरपालिका–२५ का ३६ वर्षीय रामचन्द्र रेग्मी रहेको जिल्ला प्रहरी कार्यालय चितवनले जनाएको छ ।

भरतपुरबाट रामपुरतर्फ गइरहेको ना४०प ७३१३ नंको मोटरसाइकल र विपरीत दिशाबाट आउँदै गरेको लु४प ६६५० नंको मोटरसाइ्कल भरतपुर महानगरपालिका–१५ रामपुरमा साँझ ५ः४५ बजे ठक्कर खाएको हो । प्रहरीका अनुसार ना४०प ७३१३ नंको मोटरसाइकल चालक रेग्मीको उपचारका क्रममा साँझ ६ः५५ बजे चितवन मेडिकल कलेजमा मृत्यु भएको हो ।

सोही दुर्घटनामा परी लु४प ६६५० नंको मोटरसाइकल चालक भरतपुर महानगरपालिका–२० का २५ वर्षीय मानबहादुर मस्याङ्गीे घाइते भएका हुन् । उनको चितवन मेडिकल कलेजमा उपचार भइरहेको छ ।

तपाइको विचार व्यक्त गर्नुहोस्

हाम्रो सुझाव

टिप्परको ठक्करबाट गैडाकोटमा १ को मृत्यु

ट्रक दुर्घटनामा ७ जनाको मृत्यु

प्रमुख समाचार

दृष्टिविहीनलाई सेतो छडी प्रदान

थप प्रमुख समाचार