लियो वालिङ सिटीको सरसफाइ

आदर्श समाज सम्वाददाता
मंसिर २०, २०७६
safai_Fotor

लियो क्लब अफ वालिङ सिटीले ६२ औं अन्तराष्ट्रिय लियो दिवसका अवसरमा गर्हौ घ्याङ्लिङ प्राथमिक स्वास्थ्य केन्द्र परिसरमा सरसफाइ गरेको छ।

लियो दिवसका अवसरमा विविध कार्यक्रमसहित मनाउने निर्णय गरेको लियो क्लब अफ वालिङ सिटीले पहिलो दिन बिहीबार सरसफाइ गरेको कार्यक्रम संयोजक विपुल शर्मा पंगेनीले बताए।

सरसफाइ कार्यक्रममा बोल्दै स्वास्थ्य केन्द्र सञ्चालक समितिका सदस्य यामबहादुर गुरुङले लियो क्लब अफ वालिङ सिटीले विविध कार्यक्रमसहित मनाउन लागेको कार्यक्रमको सफलताको शुभकामना ब्यक्त गरे। गुरुङले सरसफाइका लागि स्वास्थ्य केन्द्रलाई छनोट गरेकोमा खुसी व्यक्त गरे।

उनले आगामी दिनमा पनि यसप्रकारका रचनात्मक कार्यहरुमा निरन्तररुपमा लाग्न पनि सुझाव दिए। कार्यक्रममा गर्हौ घ्याङ्लिङ प्राथमिक स्वास्थ्य केन्द्रका प्रमुख डाक्टर मोहन विक, लायन्स क्लब अफ ३२५ बी १ चिल्ड्रेन अवायरनेस चियरपर्सन चेतनारायण श्रेष्ठ, ट्रेड युनियन काँग्रेस जिल्ला अध्यक्ष कमलप्रसाद पाण्डे, ट्रेड युनियन काँग्रेसका जिल्ला उपाध्यक्ष डण्डपानी पंगेनी, स्वास्थ्य केन्द्रका सिनियर अहेव दुर्गाप्रसाद भण्डारी लगायतले शुभकामना मन्तब्य ब्यक्त गरेका थिए।

६२ औं अन्तराष्ट्रिय लियो दिवसका अवसरमा शुक्रबार वालिङ १४ मा रहेको उपल्लो पेखु माध्यमिक विद्यालयमा सेनेटरी प्याड वितरण, हिमशिखर आधारभूत विद्यालयमा शैक्षिक सामग्री वितरण, शनिबार नेपाल आदर्श क्याम्पसमा वक्तृत्वकला प्रतियोगिताको आयोजना गरिएको लियो क्लब अफ वालिङ सिटीका प्रथम उपाध्यक्ष दिक्षान्तप्रताप खाँणले बताए।

समुदाय प्रहरी साझेदारी अन्तर्गत वडा प्रहरी कार्यालय वालिङको प्रहरी, स्वास्थ्य केन्द्रमा कार्यरत स्वास्थ्यकर्मीहरु, लायन्स, लियो क्लबमा आबद्ध पदाधिकारी तथा सदस्यहरुको गरी करीब ६० जनाको सहभागिता रहेको थियो। लियो क्लब अफ वालिङ सिटीका अध्यक्ष विदुषा बस्नेतको सभापतित्वमा सम्पन्न कार्यक्रमको सञ्चालन सहसचिव हरि रेग्मीले र स्वागत प्रथम उपाध्यक्ष दिक्षान्तप्रताप खाँणले गरेका थिए।

Related News

सम्बन्धित समाचार

hero news full width