बिच भलिबलमा नेपालको खराब प्रदर्शन

आदर्श समाज सम्वाददाता
मंसिर २०, २०७६
BEACH Volleyball, Nepal_Fotor

१३ औं दक्षिण एशियाली खेलकुद (साग) प्रतियोगिता अन्तर्गत बिच भलिबल प्रतियोगितामा नेपाली दुवै टोली पराजित बनेको छ। फेवाताल किनारमा पहिलो पटक आयोजित अन्तराष्ट्रिय प्रतिस्पर्धामा नेपालका मानबहादुर श्रेष्ठ र दिलकुमार सुनारको जोडी पहिलो खेलमा पाकिस्तानका जार्सनाब खान र अफाग खानको जोडीसँग २५–२३, २१–२३ र १२–१५ को सेटमा पराजित भए। लिगको दोस्रो खेलमा श्रेष्ठ र सुनारकै जोडी श्रीलंकन इन्डिका थिरोन र जायन सनुजाको जोडीसँग २१–१६, २१–१८ को सोझो सेटमा पराजित भए।

यसैगरी, दोस्रो टोलीको रुपमा कोर्टमा उत्रिएको सन्जुविक्रम शाह र राजु विकको जोडी पनि पाकिस्तानी राज्जाक मोहम्मद र वासिन महम्मदको जोडीसँग १४–२१, १५–२१ को सेटमा पराजित भए। सञ्जु र राजुको जोडी दोस्रो खेल खेल्ने क्रममा श्रीलंकन जोडी असान्का प्रदीप र असिन कुमाराको जोडीसँग ९–२१, ११–२१ को सोझो सेटमा पराजित हुन पुगे।

Related News

सम्बन्धित समाचार

  • एनएलएलमा धनगढीसँग पोखरा थन्डर्स स्तभ्ध

    आदर्श समाज सम्वाददाता वैशाख २३, २०७८
    पोखरा । नेपाल सुपर लिग (एनएसएल) अन्तर्गत बुधबार सम्पन्न खेलमा धनगढीले तेस्रो जित निकालेको छ। धनगढी पोखरा थन्डर्सलाई १–० गोलले…
  • महिला खेलाडीबाट बढी स्वर्ण

    आदर्श समाज सम्वाददाता मंसिर २६, २०७६
    १३ औँ दक्षिण एसियाली खेलकुद (साग) मा नेपालका लागि पुरुषको तुलनामा बढि महिला खेलाडीहरुले स्वर्ण पदक दिलाए। घरेलु मैदानमा भएको…
  • सागमा महिला खेलाडीहरुले दिलाए नेपाललाई बढि स्वर्ण

    आदर्श समाज सम्वाददाता मंसिर २५, २०७६
    पोखरा । १३ औँ दक्षिण दक्षिण एसियाली खेलकुद (साग) मा नेपालका लागि पुरुषको तुलनामा बढि महिला खेलाडीहरुले स्वर्ण पदक दिलाए…
  • पदकधारी नेपाली खेलाडीलाई सरकारको विशेष पुरस्कार

    आदर्श समाज सम्वाददाता मंसिर २५, २०७६
    पोखरा । १३ औं दक्षिण एसिायली खेलकुद (साग)मा पदक जित्ने खेलाडीलाई सरकारले पुरस्कार दिने भएको छ । प्रधानमन्त्री केपी शर्मा…
  • अबको १४ औं साग पाकिस्तानमा

    आदर्श समाज सम्वाददाता मंसिर २५, २०७६
    दक्षिण एसियाली खेलकुद सागको १३ औं संस्करण मंगलबार सकिएको छ। नेपालमा आयोजना गरिको साग खेलकुद प्रतियोगिता साग दशरथ रंगशालाबाट समापन…

hero news full width