विप्लव समूहका सुनार पक्राउ

आदर्श समाज सम्वाददाता
मंसिर १९, २०७६
bi

बागलुङ, १९ मंसिर । नेत्रविक्रम चन्द ( विप्लव) समूह, युवा सङ्घ बागलुङका सचिव २१ वर्षीय रमेश अविरल भनिने हल सुनार पक्राउ परेका छन् ।

जिल्ला प्रहरी कार्यालयबाट खटिएको सादा पोशाकका प्रहरीले गलकोटबाट बुधबार सुनारलाई पक्राउ गरिएको बागलुङका प्रहरी उपरीक्षक नवराज भट्टले जानकारी दिए । सुनारको साथबाट विप्लव समूहसम्बन्धी पत्र, पोष्टर, पम्प्लेटसमेत बरामद गरिएको बताइएको छ ।

प्रहरी उपरीक्षक नवराज भट्टले भने “पक्राउ परेका सुनारमाथि आवश्यक अनुसन्धान भइरहेको छ ।” सुनार गलकोट नगरपालिका–४ भयरखर्कका बासिन्दा भएको बताइएको छ ।

Related News

सम्बन्धित समाचार

hero news full width