पिसजोनमा कविता वाचन

आदर्श समाज सम्वाददाता
मंसिर १८, २०७६
peacezone 1

पोखरा, १८ मंसिर । पोखरा ८ सिमलचौर स्थित पिसजोन एकेडेमीले नेपाली तथा अङ्ग्रेजी खुल्ला कविता प्रतियोगिता सम्पन्न गरेको छ ।

प्रतियोगितामा कक्षा १ देखि १० सम्मका विद्यार्थीले नेपाली र अङ्ग्रेजीतर्फ गरी ९९ जनाले आफ्ना कविता वाचन गरेका थिए । नेपालीतर्फ कक्षा १देखि ४ सम्मका विद्यार्थीमध्येबाट कक्षा २ की श्रीषा भट्टराईको म त सानी नानी शीर्षकको कविता प्रथम, कक्षा ३ की गृष्मा वाग्लेको मेरो देश नेपाल कविताले द्वितीय स्थान र अनुष्का विक कक्षा ३ की छात्राको कविता घरको दियो बलेन आमाले तृतीय स्थान प्राप्त गरेको छ । प्रतियोगितमा कक्षा ३ की छात्रा प्राप्ति पोख्रेलको कविता हामी नेपालीले सान्त्वना स्थान प्राप्त गरेको छ । गर्न सफल भयो ।

कक्षा ५देखि ७ सम्मका विद्यार्थीबीच भएको स्पर्धामा कक्षा ७ की छात्रा दीपेङ्का विजुच्छेको कविता मेरी आमाले प्रथम स्थान प्राप्त ग¥यो । ग्रेसिका शिवाकोटी कक्षा ६ की छात्राको कविता गरिबी जिन्दगी दोस्रो र सुहाना खातुनको कविता ब्लास्टिङको मारले तृतीय स्थान प्राप्त गरेको छ । प्रतियोगितामा कक्षा ६ कै छात्रा प्रतिष्ठा कार्कीको कविता आमाले सान्त्वना भएको छ ।

कक्षा ८ देखि १० सम्मका विद्यार्थीले सहभागिता जनाएको कविता वाचन प्रतियोगितमा कक्षा ८ का छात्र आविष्कार दाहालको कविता सहिदप्रति मेरो एक प्रश्नले प्रथम, कसलाई के थाहा ? स्वकृति खिचाजु, कक्षा १० की छात्राको कविताले द्वितीय स्थान प्राप्त गरेको स्पर्धामा इच्छा श्रेष्ठ कक्षा १० की छात्राले लेखेको कविता हाम्रै हो कालापानीले तृतीय स्थान ओगट्न सफल भयो । प्रतियोगितामा कक्षा १० कै छात्रा गृष्मा तिम्सिनाको कविता म निर्मला पन्तले सान्त्वना स्थान प्राप्त गरिन् । अङ्ग्रेजी कविता वाचनतर्फ जुनियरबाट सृष्टि बुढाथोकी कक्षा ३, सङ्केत शर्मा कक्षा ३, करण विजुच्छे कक्षा १ र विकल्प गौतम कक्षा १ क्रमश ः प्रथम, द्वितीय, तृतीय र सान्त्वना स्थान प्राप्त गर्न सफल भए ।

आधारभूत तहमा भएको प्रतियोगितमा एन्जल गुरुङ कक्षा ६, मोनिका कुँवर कक्षा ६, सपना चौधरी कक्षा ६ र एकलव्य श्रेष्ठ कक्षा ६ का कविताले क्रमश ः प्रथम, द्वितीय, तृतीय र सान्त्वना स्थान प्राप्त गरे । माध्यमिक तहतर्फ भएको अङ्ग्रेजी कविता वाचनमा अभिप्सा केसी कक्षा १० प्रथम भइन् । कक्षा १० कै स्वेता मल्ल, निविदा भट्टचन र देवेश खत्रीका कविताले क्रमश ः द्वितीय ,तृतीय र सान्त्वना स्थान प्राप्त गर्न सफल भए । विद्यालयका संस्थापक तथा प्रमुख व्यवस्थापक योगेन्द्र शर्मा दाहालको अध्यक्षतमा भएको कार्यक्रमको सञ्चालन प्रिन्सिपल अश्मी शर्माले गरेको शिक्षक अमृत घिमिरेले जानकारी दिए ।

Related News

सम्बन्धित समाचार

hero news full width