जीप दुर्घटनामा १४ को मृत्यु, घाइते ३ जनालाई काठमाण्डौ लगियो

आदर्श समाज सम्वाददाता
मंसिर १७, २०७६
p 1

पोखरा, १७ मंसिर । मध्यपहाडी लोकमार्ग अन्तरगत बागलुङ जिल्लाको बडिगाड गाउँपालिका–७ को भिमगिठेमा जीप दुर्घटना हुँदा १४ जनाको मृत्यु भएको छ ।

गुल्मी जिल्लाको ईश्मा गाउँपालिकाबाट बागलुङको बुर्तिबाङ तर्फ जाँदै गरेको ग.१ ज. ५२१९ नं को जीप मंगलवार बिहान १०.०० बजे बागलुङको भिमगिठेमा सडकबाट ५०० मीटर तल वडीगार्ड खोलामा खस्दा १४ जनाको घटनास्थलमा नै मृत्यु भएको हो । जीपमा सवार १८ मध्ये घाइते ३ जनालाई उपचारको लागि काठमाण्डौ लगिएको छ भने एक जना अझै वेपत्ता छन् ।

जीप दुर्घटनामा परी मृत्यु हुनेमा गुल्मी जिल्ला ईश्मा गाउँपालिका– ४ का ३० वर्षीया सूचना कार्की, सोही ठाँउका चालक २५ वर्षीय रेशम थापा, ईश्मा गाउँपालिका– ५ निवासी ४० वर्षीया वसुन्धरा कार्की, ईश्मा–३ की २३ वर्षीया माया थापा छन् ।

त्यस्तै मृत्यु हुनेमा नवलपरासी जिल्ला बर्दघाट नगरपालिका–३ निवासी ६० वर्षीया मुमा कार्की, बागलुङ वडिगार्ड गाउँपालिका–५ निवासी ५५ वर्षीया लक्ष्मी केसी, गुल्मी ईश्मा गाउँपालिका–४ निवासी ४० वर्षीया सीता कार्की, ईश्मा ४ कै २ सीता कार्कीकी २ वर्षीया छोरी अनुसा कार्की रहेका छन् ।

दुर्घटनामा मृत्यु हुने अन्यमा गुल्मी ईश्मा गाउँपालिका– ४ का ६५ वर्षीया झबी कार्की, सोही स्थानका ४० वर्षीय महेन्द्र कार्की, ४५ वर्षीया भूमि कार्की, २५ वर्षीया मिना कार्की, ६५ वर्षीय धनबहादुर कार्की, र कन्चनपुर जिल्ला निवासी ५५ वर्षीय धनबहादुर कार्की रहेका गण्डकी प्रदेश प्रहरी कार्यालय पोखराका प्रहरी उपरीक्षक एवं प्रहरी प्रवक्ता दीपक रेग्मीले बताए ।
दुर्घटनामा परी घाइते हुनेमा नवलपरासी बर्दघाट नगरपालिका–२ निवासी २२ वर्षीय जीवन कार्की, गुल्मी र्यश्मा गाउँपालिका– ४ निवासी ४ वर्षीय हिमाल कार्की र सोही स्थान निवासी २४ वर्षीया निमा कार्की गम्भीर घाइते छन् । घाइतेलाई नेपाली सेनाको हेलिकोप्टरद्वारा काठमाण्र्डा पठायएको छ । दुर्घटनामा परी गुल्मी इश्मा गाउँपालिका–४ का ६५ धनबहादुर कार्की छन् उनको खोजिकार्य भइरहेको प्रहरीले जानकारी दिएको छ ।

Related News

सम्बन्धित समाचार

hero news full width