बागलुङमा जीप दुर्घटना १४ को मृत्यु एक वेपत्ता

आदर्श समाज सम्वाददाता
मंसिर १७, २०७६
aa

पोखरा, १७ मंसिर । बागलुङ जिल्ला वडीगार्ड गाउँपालिका– ७ भीमगिठेमा जीप दुर्घटना हुँदा १४ जनाको मृत्यु भएको छ । ३ जना घाइते भएका छन् भने एक जना बेपत्ता भएका छन् ।

गुल्मी जिल्लाको इश्मा गाउँपालिकाबाट कूल पूजाका लागि जाँदै गर्दा कार्की परिवार चढेको ग१ज ५२१९ नम्बरको जीप बागलुङको बडीगाड गाउँपालिका–७ स्थित सडकबाट करिब ५०० मिटर तल खोलामा खसेको हो ।दुर्घटनामा ९ महिला, ४ जना पुरुष र एक जना बालकको घटनास्थलमै मृत्यु भएको गण्डकी प्रदेश प्रहरी कार्यालय पोखराका एस्पी दीपक रेग्मीले बताए ।

अन्य ३ जना गम्भीर घाइते भएका छन् भने एक जना खोलाले बगाएर बेपत्ता भएको एसपी रेग्मीले बताए । घाइतेलाई प्राथमिक उपचारका ला िबुर्तिवाङ स्वास्थ्य केन्द्रमा लगिएको छ । जीपमा १८ जना सवार थिए ।

Related News

सम्बन्धित समाचार

hero news full width