छाउगोठमा महिलाको मृत्यु

rss रासस
मंसिर १६, २०७६

डोटी, १६ मंसिर । सुदूरपश्चिम प्रदेशको अछाममा छाउगोठमा गए राति एक युवतीको मृत्यु भएको छ । जिल्ला प्रहरी कार्यालय अछामले दिएको जानकारी अनुसार साँफेबगर नगरपालिका–३ सिद्धेश्वरकी २१ वर्षीया पार्वती रावतको मृत्यु भएको हो ।

घटनाबारे अनुसन्धानका लागि इलाका प्रहरी कार्यालय साँफेबगरबाट प्रहरी टोली त्यसतर्फ खटिएको अछाम प्रहरीले जनाएको छ । घटनाबारे थप विवरण आउन बाँकी छ । अछाममा अहिलेसम्म छाउगोमै १४ महिलाको मृत्यु भइसकेको छ ।

तपाइको विचार व्यक्त गर्नुहोस्

प्रमुख समाचार

सुन्दरीजल खानेपानी प्रशोधन केन्द्र आगामी महिना सम्पन्न हुने

थप प्रमुख समाचार