दाङ क्षेत्र नं ३ (ख) मा नेकपाका ओली विजयी

रासस
मंसिर १६, २०७६
dang16

घोराही, १६ मंसिर । दाङ क्षेत्र नं ३ (ख) मा नेपाल कम्युनिष्ट पार्टी (नेकपा)का उम्मेदवार विमलाकुमारी ओली विजयी भएकी छन् । उनले नेपाली काँग्रेसका उम्मेदवार केशवराज शर्मा आचार्यलाई पाँच हजार १०४ मत अन्तरले पराजित गर्दै प्रदेशसभा सदस्यमा विजयी भएकी हुन् ।

नेकपाकी उम्मेदवार ओलीले २४ हजार २८६ मत ल्याएर प्रदेशसभा सदस्यमा विजयी भएकी हुन् । उनका निकटतम प्रतिद्वन्द्वी नेपाली काँग्रेसका उम्मेदवार आचार्यले १९ हजार १८२ मत ल्याएका छन् । विजयी ओली प्रदेशसभा सदस्य उत्तरकुमार ओलीकी पत्नी हुन् । उत्तरकुमारको गाडी दुर्घटनामा निधन भएपछि उपनिर्वाचन भएको हो । आइतबार राति १२ बजे मतगणना सकिएको थियो ।

राप्रपाका भूपाल रावतले २२५, राप्रपा (संयुक्त)का छोटीलाल थारुले १३८, नेकपा(माले)का हरिप्रसाद डांँगीले १०३, साझा पार्टीका शिवकुमार चौधरीले २६६, नेमकिपाका सुरेश परियारले १५, जनमुक्ति पार्टीका धनराज स्वकारले ११, मङ्गोल नेशनल पार्टीका घनश्याम चौधरीले ९० र लोकतान्त्रिक पार्टीका झरेन्द्रबहादुर खत्रीले २६ तथा काँग्रेस (बिपी) का दीपककुमार धितालले दुई मत प्राप्त गरेका छन् । स्वतन्त्र उम्मेदवार गोविन्द केसी दुई र अर्का स्वतन्त्र उम्मेदवार टीकाराम आचार्यले चार मत प्राप्त गरेका छन् । उपनिर्वचनमा ४५ हजार ७१८ मत खसेकामा ७९७ मत बदर भएको थियो ।

Related News

सम्बन्धित समाचार

hero news full width