विराटनगर, १६ मंसिर । आफ्नै अनुयायी महिलालाई बलात्कार गरेको अभियोग लागेका सिद्धबाबा उर्फ कृष्णबहादुर गिरीलाई प्रहरीले अस्पतालबाटै पक्राउ गरेको छ।
बलात्कार आरोप लागेपछि विराटनगरस्थित विराट नर्सिङ होममा उपचार गराइरहेका सिद्धबाबालाई प्रहरीले सोमबार बिहान आईसीयूबाटै नियन्त्रणमा लिएको हो।सुनसरीका प्रहरी नायब उपरीक्षक विनोद शर्माको प्रहरी टोलीले उनलाई बिहान ४ बजे पक्राउ गरेको हो। एम्बुलेन्समा राखेर उनलाई सुनसरी जिल्ला प्रहरी कार्यालय लगिएको प्रहरीले जनाएको छ।
आफ्नो नाम पछिल्लो पटक फेरेर ‘सिद्धबाबा’का रुपमा कहलिएका विवादास्पद कृष्णबहादुर गिरीविरुद्ध सुनसरी जिल्ला प्रहरी कार्यालयमा जबर्जस्ती करणी मुद्दा दर्ता भएको छ।
सुनसरी बाहिरकी एक अनुयायीले सिद्धबाबाले आफूलाई बराहक्षेत्रस्थित चतरा आश्रममा बलात्कार गरेको उजुरी गत बिहीबार दर्ता गराएकी हुन्। घटना गत कात्तिक ४ गते भएको उजुरीमा उल्लेख छ।
आफूविरुद्ध उजुरी दर्ता भएको थाहा पाएपछि ‘सिद्धबाबा’ मुटु दुखेको भन्दै शुक्रबार बिहानै अस्पताल भर्ना भएका थिए। आईसीयूमा उपचार गराइरहेकै बेला उनलाई प्रहरीले सोमबार बिहान नियन्त्रणमा लिएको हो।
Related News
सम्बन्धित समाचार
संसद विघटनविरुद्ध कांग्रेस झनै सशक्त
नेकपाका अध्यक्षद्वयलाई निर्वाचन आयोगले भन्याे : एकता महाधिवेशनअघि कसैले कसैलाई हटाउन सक्दैन
काेराेनाविरुद्धकाे खाेपका लागि देशभर ६२ अस्पतालमा १ सय २० खोप केन्द्र
सिनेमा संवाद @ घान्द्रुक
सातै प्रदेशमा पुग्यो कोरोनाको खोप, पहिलो डोज भोलि
hero news full width
मुख्य समाचार
नरोऊ मायालु…
भुवनेश्वर तिवारी, राजेन्द्रबाबु रेग्मीसहित १६ डिएसपी एसपी बढुवा सिफारिस – सूचीसहित
माघ १२, २०७७पर्वतको पाङमा रहेको पार्वती गुफामा पूर्वाधार निर्माण सुरु
माघ १२, २०७७पोखरामा प्रथम टाइगर कप भलिबल प्रतियोगिता हुने
माघ १२, २०७७भाडाका घरमा गाउँका ‘सिंहदरबार’
माघ १२, २०७७गण्डकीमा आयो कोरोना खोप
माघ १२, २०७७