बागलुङमा बामपंथी गठबन्धनका शाही बिजय

आदर्श समाज सम्वाददाता
मंसिर १६, २०७६
ba

बागलुङ, १६ मंसिर । बागलुङ जिल्ला क्षेत्र नम्बर २ (ख) प्रदेश सभाको उप निर्वाचनमा बामपंथी गठबन्धनका उमेदवार राष्ट्रिय जनमोर्चाका खिम बिक्रम शाही ११२३५ मत प्राप्त गरी बिजय भएका छन् ।

उनका निकटतम प्रतिद्वन्द्वी नेपाली कांग्रेसका जीत शेरचनले ९२३८ मत पाएको निर्वाचन अधिकृत बासुदेव मिश्रले बताए ।।यसपटकको निर्वाचनमा २१४०० मतदाताले मतदान गरेका थिए । निर्वाचनमा ८ राजनीतिदल र दुई जना स्वतन्त्र उमेदवार गरि १० जना चुनावी मैदान खदा भएका थिए ।निर्वाचनमा बामपंथी गठबन्धन र नेपाली कांग्रेस बाहेक ८ जना उमेदवारको धरौटी जफत भएको छ ।

२०७४ सालमा भएको प्रदेश सभाको निर्वाचनमा बामपंथी गठबन्धनका टेकबहादुर घर्ती बिजय भएका थिए गतवर्ष सांसद घर्तीको मृत्यु भए पछि उप निर्वाचन भएको हो ।यस अघिको निर्वाचनमा नेपाली कांग्रेसबाट जीत शेरचन नै उमेदवार बनेका थिए ।

Related News

सम्बन्धित समाचार

hero news full width