राष्ट्रपतिबाट १३ औं साग उद्घाटन

रासस
मंसिर १६, २०७६
President-Bidhya-Devi-Bhandari

राष्ट्रपति विद्यादेवी भण्डारीले १३ औँ दक्षिण एशियाली खेलकूद प्रतियोगिता (साग) को आइतवार साँझ दशरथ रङ्गशालामा आयोजित निकै आकर्षक र भव्य समारोहबीच उद्घाटन गरेकी छन्।

सहभागी मुलुकका खेलाडीको मार्च पासबाट शुरु भएको उक्त समारोहको राष्ट्रपति भण्डारीले व्यवस्थित र भव्यरुपमा सिँगारिएको दशरथ रङ्गशालामा आयोजित विशेष समारोहमा साँझ १७:५७ बजे प्रतियोगिता शुरुआत भएको घोषणा गरिन्।

राष्ट्रपतिबाट प्रतियोगिता उद्घाटन भएको घोषणा भइरहँदा पटका पड्काएर समारोहलाई थप आकर्षक र मनोरञ्जनात्मक तुल्याइएको थियो। यसअघि समारोहलाई सम्बोधन गर्दै उपप्रधानमन्त्री ईश्वर पोखरेलले नेपाल सरकारले सागलाई सफल तुल्याउन निकै प्राथमिकता दिएर पूर्वाधार निर्माणमा विशेष ध्यान दिएको बताए।

उनले भने ‘यो खेलकूद प्रतियोगिता प्रतिस्पर्धा र पदक मात्र होइन, सार्क मुलुकबीचको एकता र मित्रता पनि हो। ”

मूल आयोजक समितिका अध्यक्ष जगतबहादुर विश्वकर्मा, सदस्य सचिव रमेशकुमार सिलवाल र नेपाल ओलम्पिक कमिटीका अध्यक्ष जीवनराम श्रेष्ठले साग प्रतियोगिताको समग्र वस्तुस्थिति, महत्व र तयारीबारे जानकारी दिएकी थिइन्।

समारोहमा सात हजार ५०० को संख्यामा रहेका कलाकारले नेपालका साथै सदस्य मुलुकको मालिक संस्कृति झल्कने विविध सांस्कृतिक कार्यक्रम प्रस्तुत गरिरहनुभएको छ। समारोहमा लाखे नृत्य र सागको मस्कट प्रस्तुत गरिएको छ।

समारोहमा कला र सांस्कृतिक कार्यक्रमको माध्यमबाट नेपालको नक्साको आकारसहितको राष्ट्रिय झण्डाको आकृति बनाइने कार्यक्रम रहेको छ। मुलुकका सातै प्रदेश पुर्याएर ल्याइएको सागको ज्योति समारोहमा प्रवेश गराइएको थियो।

काठमाडौ, पोखरा र जनकपुरमा आजदेखि २४ गतेसम्म सञ्चालन हुने उक्त प्रतियोगिताका माध्यमबाट नेपालको इज्जत, प्रतिष्ठा र खेल क्षेत्रको गौरव बढाउने विश्वास गरिएको छ। तयारी समितिका संयोजक रिमबहादुर रानाभाटले प्रतियोगितामा ५९४ खेलाडीको सहभागिता रहने जानकारी दिए। सागलाई सफल तुल्याउन करिब १८ हजार सुरक्षाकर्मी र ५०० स्वयंसेवक परिचालन गरिएको छ। सन् १९८४ मा स्थापना भएको सागको १३औँ शृखलासम्म आइपुग्दा नेपालले यसअघि दुई प्रतियोगिता सफलतापूर्वक सम्पन्न गरिसकेको छ। सन् १९८४ मा पहिलोपटक नेपालबाट शुरु भएको सागको नेपालमा भएको यो तेस्रो संस्करण हो। दक्षिण एशियाली मुलुकबीचको यो प्रतियोगितालाई खेलकूद उत्सवको रुपमा लिने गरिएको छ।

सागको यस पटकको मस्कट ‘कृष्णसार’ रहेको छ। सागमा नेपाल, भारत, बङ्गलादेश, पाकिस्तान, माल्दिभ्स, भूटान र श्रीलङ्काका खेलाडीले २६ खेल विधामा प्रतिस्पर्धा गर्नेछन्। उपराष्ट्रपति नन्दबहादुर पुन, प्रधानन्यायाधीश चोलेन्द्रशमशेर राणा, नेकपाका अध्यक्ष पुष्पकमल दाहाल, पूर्वप्रधानमन्त्री माधवकुमार नेपाललगायका विशिष्ट महानुभाव साग उद्घाटन समारोह कार्यक्रम अवलोकनका लागि रङ्गशाला पुगेका थिए।

खड्का र थापाबाट शपथ

काठमाडौँ, पोखरा र जनकपुरमा आइतवारदेखि शुरु भएको १३ औँ सागमा सम्पूर्ण खेलाडीका तर्फबाट नेपालका क्रिकेट खेलाडी पारस खड्का र रेफ्री तथा अफिसियलका तर्फबाट ब्याडमिण्टनका अन्तरराष्ट्रिय रेफ्री दीपक थापाले शपथ लिएका छन्। खेल उद्घाटन समारोहमा मार्चपासमा नेपालको झण्डा भारोत्तोलन खेलाडी कमलबहादुर अधिकारीले बोक्नुभएको थियो। समारोहमा नेपालका प्रथम ओलम्पियन जीतबहादुर केसीको नेतृत्वमा सातै प्रदेशमा साग ज्योति लगी आज दशरथ रङ्गशालामा ल्याइएको थियो। कार्यक्रममा मुकुन्दराज शर्माको शब्दमा रहेको साग गीत इन्दिरा जोशी र साथीहरुले गाउनुभएको थियो।

त्यस्तै नेपाली सेना, नेपाल प्रहरी र सशस्त्र प्रहरी बलका तर्फबाट नृत्य, नेपालका सातै प्रदेशका गीतनृत्य तथा सार्क मुलुकका छुटछुट्टै गीत ती मुलुककै भाषामा प्रस्तुत गरिएको थियो।

त्यस्तै राष्ट्रपति विद्यादेवी भण्डारी र प्रधानमन्त्री केपी शर्मा ओलीको चित्र, सात मुलुकका झण्डा तथा प्रतियोगितामा समाविष्ट २६ खेलको विद्युतीय प्रदर्शनी गरिएको थियो। लाखे र सागको मस्कट कृष्णसारको नृत्य तथा मयूर र याक नृत्यका साथै देवीदेवताका प्रतीक पनि प्रस्तुत गरिएको थियो। समारोहमा बौद्ध भिक्षुहरुको सहभागिता गराई शान्तिको सन्देश पनि दिइएको थियो।

Related News

सम्बन्धित समाचार

  • एनएलएलमा धनगढीसँग पोखरा थन्डर्स स्तभ्ध

    आदर्श समाज सम्वाददाता वैशाख २३, २०७८
    पोखरा । नेपाल सुपर लिग (एनएसएल) अन्तर्गत बुधबार सम्पन्न खेलमा धनगढीले तेस्रो जित निकालेको छ। धनगढी पोखरा थन्डर्सलाई १–० गोलले…
  • महिला खेलाडीबाट बढी स्वर्ण

    आदर्श समाज सम्वाददाता मंसिर २६, २०७६
    १३ औँ दक्षिण एसियाली खेलकुद (साग) मा नेपालका लागि पुरुषको तुलनामा बढि महिला खेलाडीहरुले स्वर्ण पदक दिलाए। घरेलु मैदानमा भएको…
  • सागमा महिला खेलाडीहरुले दिलाए नेपाललाई बढि स्वर्ण

    आदर्श समाज सम्वाददाता मंसिर २५, २०७६
    पोखरा । १३ औँ दक्षिण दक्षिण एसियाली खेलकुद (साग) मा नेपालका लागि पुरुषको तुलनामा बढि महिला खेलाडीहरुले स्वर्ण पदक दिलाए…
  • पदकधारी नेपाली खेलाडीलाई सरकारको विशेष पुरस्कार

    आदर्श समाज सम्वाददाता मंसिर २५, २०७६
    पोखरा । १३ औं दक्षिण एसिायली खेलकुद (साग)मा पदक जित्ने खेलाडीलाई सरकारले पुरस्कार दिने भएको छ । प्रधानमन्त्री केपी शर्मा…
  • अबको १४ औं साग पाकिस्तानमा

    आदर्श समाज सम्वाददाता मंसिर २५, २०७६
    दक्षिण एसियाली खेलकुद सागको १३ औं संस्करण मंगलबार सकिएको छ। नेपालमा आयोजना गरिको साग खेलकुद प्रतियोगिता साग दशरथ रंगशालाबाट समापन…

hero news full width