पोखरा । नेपालले ब्याडमिन्टनमा सुखद सुरुवात गरेको छ । नेपालको खेलाडीले ब्याडमिन्टनमा गरेको उच्च प्रदर्शनका कारण २ वटा पदक पक्का गरेको छ ।
पोखरामा आइतबारदेखि शुरु भएको ब्याडमिन्टन प्रतियोगितामा नेपालले टिम इभेन्टमा २ वटा पदक पक्का गरेको हो ।
नेपालले महिला तथा पुरुषतर्फको समूह इभेन्ट दुबैतर्फ १/१ पदक पक्का गरेको छ । आइतबार भएको खेलमा महिला तथा पुरुष दुबै टोली सेमीफाइनलमा प्रवेश गर्दै नेपालले २ पदक सुनिश्चित गरेको हो । सेमीफाइनलमा पराजित भएकै अवस्थामा पनि नेपालले कम्तिमा काश्य पदक प्राप्त गर्नेछ ।
नेपालका रत्नजित तामाङले भुटानका अनिष गुरुङलाई २१–६ र २१–९ को सोझो सेटमा पन्छाए । अर्को खेलमा नेपालका दीपेश धामीले भुटानका निदुप दोर्जेलाई २–० को सोझो सेटमै पराजित गरे । उनले निदुपलाई २१–१३ र २१–१४ को सेटमा पराजित गरेका हुन् । यसैगरी, तेश्रो खेलमा नेपालका प्रिन्स दाहालले भुटानका नोर्बु ड्रडुपलाई २१–१२ र २१–५ को सेटमा हराउँदै सहज जित निकाले ।
महिलातर्फको खेलमा नेपालकी नङ्साल तामाङले बंगलादेकी शाल्पा अख्तरलाई ३–१ को सेटमा पराजित गरिन् उनले शाल्पालाई २१–१८, १५–२१ र २१–१७ को सेटमा पराजित गरेकी हुन् । अर्को खेलमा नेपालकी रसिला महर्जनले बंगलादेशकै एलिना सुल्तानालाई २८–२६ र २१–१९ को कठीन जित हात पारिन् ।
पदक सुनिश्चित भएपछि नेपालका प्रशिक्षक सुदीप योञ्जनले टफ गेममा खेलाडीले उत्कृष्ट प्रदर्शन गर्दा जित निस्केको बताए । उनले सेमीफाइनलमा पनि आइतबारजस्तै खेलाडीले शतप्रतिशत खेले फाइनल पुग्ने सम्भावना रहेको बताए ।
बंगलादेशका प्रशिक्षक गौतम चण्डुपालले रेफ्रिका कारण आफूहरुले हार बेहोर्नुपरेको दाबी गरे । हाम्रो तर्फको प्रहारलाई लाईन रेफ्रीले धेरै जसो आउट लिएका कारण आफूहरु पराजित हुनुपरेको उनको भनाई थियो । यद्यपि, महिला व्याडमिण्टनमा आफनो प्रदर्शन सन्तोषजनक रहेको उनले बताए ।
आइतवार नै पोखरा रंगशालाको व्याडमिण्टन कोर्टमा भएको दोस्रो ईभेण्ट चरणको खेलमा पुरुष टीम ईभेण्टतर्फ पनि वंगलादेश पराजित बनेको छ । महिला ईभेण्ट चरणमा भने वंगलादेश नेपालसँग पराजित भएको थियो ।
पुरुषतर्फ भने वंगालादेश पाकिस्तानसँग तीनै खेलमा सोझो सेटमा पराजित भयो । पहिलो खेलमा वंगलादेशका सलमान खान मोहम्मदले पाकिस्तानका आविज जाहिदलाई २१–१८ र २१–१४ ले सुम्पिए ।
यसैगरी पाकिस्तानका अलि मुरादले पनि वंगलादेशका गौरब सिंहलाई सोझो सेटमा पराजित गरे । गौरबले मुरादलाई आफ्नो खेल २१–११ र २२–२० को सेटमा सुम्पेका थिए । यसैगरी पाकिस्तानका मुहम्मद मकीत ताहिरले वंगलादेशका सैयद, साकेर मोहम्मद स्विगात अल्लाहलाई २१–१७ र २१–१७ को सेटमा पराजित गरे ।
महिलातर्फको ईभेण्टमा पनि पाकिस्तान हावी बन्यो । पाकिस्तानले ईभेण्टतर्फका सबै प्रतियोगिता पाकिस्तानले जित्यो । पाकिस्तानकी महुर साहजादले माल्दिभ्सकी अमिनाथ नवीहा अब्दुल रज्जाकलाई २१–१९ र २१–१४ तथा पल्वसा बसीरले नीला अहमद नजीरलाई २१–१६, २३–२१ र २१–१७ को स्कोरमा पराजित गरेकी थिइन् । यसैगरी पाकिस्तानै गजला सिद्धिकीले फातिमाथ नवाह अब्दुल रज्जाकलाई पनि २१–१५ र २१–१५ ले नै पराजित गरेकी थिइन् ।
पोखरा रंगशालास्थित ब्याडमिन्टन कोर्टमा भइरहेको खेलमा ७ स्वर्ण, ७ रजत र १४ काश्य गरी २८ पदकका लागि ७ देशका ९४ जना खेलाडीले प्रतिष्पर्धा गर्दैछन् ।
बागलुङ, २० मंसिर । कालीगण्डकी नदीमा मात्र पाइने दुर्लभ एवं बहुमूल्य शिला शालिग्राम अब सङ्ग्रहालयमा देख्न पाइने भएको छ । बागलुङ नगरपालिका–४ कुँडुलेस्थित श्रीरङ्गवेङ्कटेश मुक्तिनारायण मन्दिर परिसरमा भूमिगत ‘स्वामी श्रीधराचार्य शालिग्राम सङ्ग्रहालय’ निर्माण गरिएको हो । सङ्ग्रहालयको आइतबार पूर्वप्रधानमन्त्री शेरबहादुर देउवा, पूर्वप्रधानन्यायाधीश कल्याण श्रेष्ठलगायतबाट सामूहिक उद्घाटन हुँदैछ । छिटपुटबाहेक सङ्ग्रहालय निर्माणको काम सकिएको मन्दिरका अध्यक्ष…
तपाइको विचार व्यक्त गर्नुहोस्